समाचार

एम्बुलेन्स खरिद अभियान-GoodNews24

Gobal IME Bank

गुल्मी- नेपाल रेडक्रस सोसाइटी व्यास–१० दुम्सीकोट उपशाखाको सक्रियतामा सोसाइटीको ५८ आँै स्थापना दिवसका अवसरमा शुक्रबार एम्बुलेन्स खरिद अभियान शुरु गरिएको छ ।

सोसाइटीका केन्द्रीय सदस्य प्रदीप घिमिरले रेडक्रसले मानवीय उद्धार कार्यमा संलग्न भई रचनात्मक कार्य गर्ने र एम्बुलेन्स खरिदमा आफ्नो व्यक्तिगत तर्फबाट सहयोग हुने बताउनुभयो । सामुदायिक एम्बुलेन्स सञ्चालन गरी आम नागरिकलाई सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले उक्त अभियान शुरु गरिएको हो । सोसाइटी दुम्सीकोट उपशाखाका संस्थापक सभापति स्व शङ्कर गिरीको परिवारबाट रु ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएपछि कार्यक्रमको थालिएको हो । उक्त समयमा विभिन्न व्यक्तिबाट रु तीन लाख बढी रकम सङ्कलन भएको दुम्सीकोट उपशाखाले जनाएको छ ।

एम्बुलेन्स खरिदको लागि व्यक्ति, विभिन्न सङ्घसंस्था तथा पालिकाहरुसँग सहयोगको अपेक्षा गरिएको अर्थ सङ्कलन तथा खरिद समितिका सदस्य सचिव श्रीकृष्ण आचार्यले बताउनुभयो । रु ३० लाख सङ्कलन गर्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, “करिब १७ लाख एम्बुलेन्स खरिद गरी बाँकी हुन आएको रकम कोषको रुपमा स्थापना गरी परिचालन गरिनेछ ।”

पाँच महिनाको अवधिमा रकम सङ्कलन गर्ने र तीन महिनामा खरिद प्रक्रिया पूरा गरी आठ महिनाको अवधिमा एम्बुलेन्स सञ्चालनमा ल्याइने योजना रहेको नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका सभापति रामदत्त पौडेलले बताउनुभयो ।

एम्बुलेन्स सञ्चालन पश्चात सुत्केरी, दैवी प्रकोपको लागि १५ प्रतिशत, कोभिड–१९ का बिरामीलाई २५ प्रतिशत भाडादरमा छुट गरिने छ भने विपन्न, गरीब, असहायलाई निःशुल्क सेवा सुविधा प्रदान गर्ने लक्ष्यछ । एम्बुलेन्स भाडादर अहिलेलाई नतोकिए पनि एम्बुलेन्स निर्देशिका अनुरुप सञ्चालन गरिने बताइएको छ । ईश्वर पौडेलको संयोजकत्वमा १५ सदस्यीय अर्थ सङ्कलन तथा खरिद समिति गठन गरिएको छ । जिल्ला सभापति कृष्णहरि वाग्ले, वडाध्यक्ष तुलसीराम सापकोटालगायतले रेडक्रसलाई अझ सशक्त बनाइ अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button