Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

एन्जेलिना जोली मनोरञ्जन उद्योग बाहिरका पार्टनरसँग डेट गर्ने सोचमा

Angelina Jolie

 

अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार हलिउड अभिनेत्री एन्जेलिना जोली पुनः डेट गर्न इच्छुक छिन् । जोलि हाल न्युयोर्क सहरमा १९ वर्षीय छोरा प्याक्स र १८ वर्षीया छोरी जहारासँगै अपार्टमेन्ट खोज्दै गरेको बेला देखिएको थियो ।

स्रोतले गरेको दाबीअनुसार एन्जेलिना हलिउड सहर लस एन्जलस छाडेर न्युयोर्कको म्यानहटनमा नयाँ जीवनको प्रारम्भ गर्न चाहन्छिन् । रिपोर्टका अनुसार उनी नयाँ ठाउँ मात्र होइन, नयाँ पार्टनरको खोजीमा समेत छिन् ।

‘एन्जेलिना अब मनोरञ्जन उद्योगमा काम गर्ने मानिसलाई पार्टनर बनाउन चाहँदिनन्,’ उनको डेटिङ प्राथमिकताबारे स्रोतले भन्यो, ‘उनी कलाको बारेमा भावुक भएका रोचक मानिसलाई भेट्न चाहन्छिन् ।’

यसबाहेक स्रोतले यो पनि भन्यो कि ६ सन्तानकी आमाले आफ्नो मापदण्ड मिल्ने पुरुषसँग मात्र डेट गर्ने सोचमा छिन् । ‘उनी आफ्नो मापदण्ड अनुसार मापन गर्ने कोहीलाई भेट्न खोज्दैछिन् । यदि त्यस्ता व्यक्ति भेट्ने सम्भावना कम रहे पनि,’ स्रोतले भन्यो ।

एन्जेलिना आफ्ना दुई बच्चा प्याक्स र जहारासँग न्युयोर्कको सडकमा घुमिरहेकी थिइन् । सेतो ट्रेन्च कोट लगाएकी अभिनेत्री आकर्षक देखिएकी थिइन् ।

‘एन्जेलिनाले आफ्नो समयलाई न्युयोर्क र लस एन्जलसबीच विभाजन गर्ने तयारी गरिरहेकी छिन्,’ स्रोतले उनको योजना खुलाउँदै भन्यो, ‘उनी साँच्चै काम र सक्रियतामा रहन रुचाउँछिन् । साथै उनी संसारको ठूलो सहरमध्येमा रहन पाउँदा उत्साहित पनि छिन् ।’

हलिवुड स्टार एन्जेलिना जोलि लस एन्जलसबाहिर नयाँ जीवनको खोजी गरिरहेकी छन् । यस वर्षको सुरुमा उनले आफ्नो दिगो फेसन ब्रान्ड एटेलियर जोलीको घोषणा गरेकी थिइन। यो ब्राण्डको मुख्यालयको उद्घाटन शरद ऋतुमा न्युयोर्कमा हुनेछ । ‘एन्जेलिनाले आफूलाई डिजाइनर वा उत्कृष्ट व्यवसायी पनि मान्दिनन्, तर उनी एक कलाकार हुन्,’ स्रोत भन्छ, ‘एटेलियर जोली उनको लागि आफ्नै अशं व्यक्त गर्ने तरिका हो ।’

एन्जेलिनाका म्याडक्स (२१), प्याक्स (१९), जहारा (१८), शिलो (१७) र १५ वर्षीय जुम्ल्याहा नाक्स र भिभियन नामका सन्तान छन्। पूर्वपति ब्राड पिटसँगै उनले यी सन्तान प्राप्त गरेकी थिइन् । यो पूर्वदम्पती अहिले वर्षौंदेखि आफ्ना छोराछोरीको हिरासतलाई लिएर अदालतको मुद्दामा फसेको छ ।

एन्जेलिना आफ्ना छोराछोरीलाई बुबा ब्राडसँग नजिक राख्न लस एन्जलसमा बसिरहेकी छिन् । तर केटाकेटी हुर्कंदै जाँदा उनीहरुलाई आफूसँगै अर्को सहरमा लैजान सजिलो हुन्छ । ‘एन्जेलिनालाई प्याक्स र जहारालाई न्युयोर्कमा लैजान ब्राडको अनुमति चाहिंदैन किनभने तिनीहरू अहिले कानुनी रुपमा वयस्क भइसकेका छन्,’ स्रोतले बतायो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button