
काठमाडौं । भन्छु आज एउटा कुरा, तिमी रोएको पल, यी आँखा, मन परेको अवस्था लगाएतका थुप्रै हिट गीतहरुमा सङ्गीत भरेका तथा चर्चा र लोकप्रियताको शिखरमा रहेका सङ्गीतकार अर्जुन पोखरेल र सफल चर्चित गायिका दुर्गा खरेल बुबा आमा बन्दैछन् । त्यसो त सफल र सरल सङ्गीतिक जोडीको रुपमा अर्जुन र दुर्गाको नाम सधैं अग्रपङ्तीमा रहेको छ ।
सङ्गीतकार पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा गायिका दुर्गा खरेल सँगको तस्बिरहरु साझा गर्दै यो सुन्दर अनुभवको सुखद अनूभुति भनेर खुसी व्यक्त गरेका छन्। यता दुर्गाले अर्जुनसँगको तस्विर सेयर गर्दै ‘मेरो मन र धडकनको खुशी’ भनेर लेखेकी छिन् ।
तस्बिरहरु सार्वजनिक भएसंगै धेरै शुभचिन्तकहरुले उनीहरुलाई बधाई पनि दिएका छन् ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्