मुख्य समाचारसमाचार

सर्वोच्चमा जान तयार ‘निलम्बित’ प्रधानन्यायाधीश राणा, सरकारद्वारा निवासको गेटमै ताला – Good News 24

Gobal IME Bank

काठमाडैं । ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अदालत फर्कने तयारीमा रहँदै गर्दा सरकारले बालुवाटारस्थित निवासमै गेटमा ताला लगाएको छ ।

यतिबेला बालुवाटार निवासमा तैनाथ प्रहरीको बाक्लो उपस्थित रहेको छ। यता सर्वोच्च प्रशासनले पनि प्रहरीलाई निलम्बन फुकुवाको पत्र नपाएसम्म अदालतमा छिर्न नदिनु भन्ने निर्देशन प्रहरीलाई दिएको जनाएको छ। प्रतिनिधि सभाको कार्यकाल हिजै समाप्त भएकाले महाभियोगका सम्बन्धमा संसदमा छलफल र मतदान हुन सकेन ।

महाभियोग लगाउने संसद र सांसद नै नरहेको अवस्थामा महाभियोग स्वतः निस्कृय हुने कतिपय कानुन व्यवसायीको जिकिर छ भने कतिपयले अर्को संसदले महाभियोगका विषयमा निर्णय गर्ने बताइरहेका छन् । उता नेपाल बार एशोसिएशनको आकस्मिक बैठकले पनि जबरालाई सर्वोच्च छिर्न नदिने र गेटमै धर्ना बस्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीशको सरकारी निवास बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ भने सर्वोच्च परिसरमा पनि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button