मुख्य समाचारसमाचार

वायु प्रदुषण न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिकाको सचेतना अभियान

वातावरण संरक्षण र पूर्वाधार निर्माणमा काम गर्ने विकास साझेदार बिच साझा कार्यक्रमको खाँचो

Gobal IME Bank

काठमाडौं । काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभागले आजदेखि वायु प्रदुषण न्यूनीकरण सचेतना अभियान सुरु गरेको छ ।

६ दिने कार्यक्रमअन्तर्गत पहिला ४ दिनमा जनप्रतिनिधि, सफाईका कर्मचारी, नगर प्रहरी, सवारी चालकलाई वायु प्रदुषण कारण र नियन्त्रणका विषयमा अभिमुखीकरण गरिनेछ । पछिल्ला २ दिन आगामी दिनमा गर्नु पर्ने कामका विषयमा कार्यशाला गोष्ठी हुनेछ ।

सचेतना कार्यक्रममा ५२० जनालाई वायु प्रदुषण न्यूनीकरण र भूमिकाका विषयमा जानकारी गराइनेछ ।

सचेतना कार्यक्रम शुभारम्भ गर्दै वातावरण समितिका संयोजक एवं वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले, घरेलु फोहोरको दिगो व्यवस्थापन गर्न सके मात्र पनि वायु प्रदुषण न्यूनीकरणमा उल्लेख्य उपलब्धी हासिल हुने धारणा राख्नुभयो । वायु प्रदुषण वातावरणीय समस्यामध्येको ठूलो समस्या भएको उल्लेख गर्दै उहाँले वायु प्रदुषणबाट सबै क्षेत्रमा नकारात्मक असर परेको महसुस हुनु पर्ने र सुधारका लागि सामुहिक प्रयास गर्नुपर्ने बताउनुभयो ।

व्यक्तिगत आचरणदेखि व्यवसायिक क्रियाकलाप वायु प्रदुषण बढाउने क्रियामा जिम्मेवार छन् । कार्यक्रममा वडा ६ का अध्यक्ष एवं वातावरण समितिका सदस्य भुवन लामाले, रेष्टुरेन्टहरुले कुइरीमण्डल बनाएर सेकुवा पोल्नेदेखि घाटमा लास पोल्ने क्रियाले प्रदुषण बढाएको उल्लेख गर्नुभयो । यी र यसखाले व्यवहारमा धुँवा र धुलोको मात्रा घटाउन प्रयत्न गर्नुपर्छ । लामाको जोड थियो ।

धेरैलाई महसुस नभएको हुन सक्छ । काठमाडौँमा वायु प्रदुषणका कारण कतिपय दीर्घ रोग भएका विरामीहरुलाई बाँच्न कठिन छ । कार्यक्रममा वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राईले भन्नुभयो, ‘मानव बसोबास अनुकुल सहर निर्माणमा साझा संकल्पका लागि सचेतना कार्यक्रम सञ्चालन गरेका हौँ ।’

वायु प्रदुषणलाई मानव स्वास्थ्य र वातावरणीय समस्याका रुपमा स्वीकार गरिएको छ । यो पनि एउटा महत्वपूर्ण उपलब्धी हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र ९इसीमोड० का वरिष्ठ बायु गुणस्तर विशेषज्ञ डा। भुपेश अधिकारीले, वायु प्रदुषणका कारण र असरलाई एउटै मात्र कोणबाट हेर्नुं नहुने बताउनुभयो ।

असर र प्रभाव फरक फरक खालका छन् । सबै कारणलाई एकै पटक हेर्न र बुझ्न सकियो भने सुधारका लागि योगदान गर्न सकिन्छ । अधिकारीको भनाइ थियो । सवारी साधनबाट उत्सर्जन हुने प्रदुषण नियन्त्रणका लागि हरियो स्टिकरको अवधारणा ल्याइएको हो । यसको नियमन प्रभावकारी हुन सकेको छैन । कार्यक्रममा यातायात व्यवस्था विभागका निर्देशक ईञ्जिनियर रामचन्द्र पौडेलले, सवारीबाट हुने प्रदुषण नियन्त्रणका लागि स्थानीय सरकारले भूमिका खेल्नु पर्ने बताउनुभयो ।

वायु प्रदुषण भन्ने वित्तिकै आगो बालेर धुँवा निस्कने क्रियाकलाप मनस्थितिमा आउँछ । वायु प्रदुषणको कारण अरु पनि छन् । धुँवा धुलो नियन्त्रण गर्ने विषयमा सर्वोच्च अदालतले २०७४ पुष ३० गते जारी गरेको निर्देशनात्मक आदेशमा निर्माण कार्य गर्दा उत्पादन हुने धुलो, फोहोरमैला व्यवस्थापन, सवारी साधनदेखि विभिन्न क्षेत्रमा सुधार गर्नु भनिएको छ ।

स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न अधिवक्ता पदमबहादुर श्रेष्ठले निवेदन दिनुभएको थियो । निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहितका ६ वटा मन्त्रालय, काठमाडौं र ललितपुर महानगरपालिकासँगै भक्तपुर नगरपालिकालगायत साविकका १८ वटा निकायलाई विपक्षी बनाइएको थियो ।

विपक्षी बनाइएका मन्त्रालयहरुमा स्थानीय सहित जनसंख्या तथा वातावरण, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात र खानेपानी तथा सरसफाइ मन्त्रालय थिए । व्यवस्थापिका संसदको वातावरण संरक्षण समिति, सडक विभाग, तत्कालीन फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, काठमाडौं उपत्यका विकास प्राधिकरण, खानेपानी तथा ढल निकास विभाग, मेलम्ची खानेपानी विकास समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड पनि विपक्षीको सूचीमा थिए ।

यसरी हेर्दा पूर्वाधार विकाससँग सम्बन्धित काम गर्ने कार्यालयका क्रियाकलापसँग वायु प्रदुषणको सम्बन्ध जोडिएको छ ।

यी निकायले विकासका काम गर्दा धुँवाधुलो नियन्त्रणका विधि नअपनाए कारण नागरिकलाई सास्ती भएको, जनजीवन कष्टकर भएको, व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको निवेदकको जिकीर थियो । यस मुद्दामा २०७३ माघ १७ गते, डा। आनन्दमोहन भट्टराईको एकल इजलासले निवेदकको माग बमोजिम काम गर्न विपक्षीका नाममा अन्तरिम आदेश र मुद्दालाई अग्राधिकार दिएको थियो ।

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, निर्माण सामाग्री र सवारीबाट उत्पादन भएको प्रदुषक तत्वमा पाइने नाइट्रोजन अक्साइड, कार्वन मोनोक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेट सल्फर, एमोनियाँ, धातुको टुक्रा, कार्वन तथा प्लाष्टिकका टुक्रा समेत पाइएका छन् । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्ने तर कचौरा आकारको उपत्यकाबाट बाहिर जान नसक्ने भएकाले जनस्वास्थ्य र मानव स्वास्थ्यमा प्रतिकुल असर पारेको छ ।

वायु प्रदुषण पिएम २।५ मा मापन हुन्छ । यो भनेको धुलाका अत्यन्त मसिना कण भन्ने हो । जुन मानव कपालको व्यास भन्दा पनि साना एकाइका हुन्छन् । यस्ता कणले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छन् । विभिन्न समयमा गरिएका अध्ययनले काठमाडौँमा वायु प्रदुषणको मात्रा मापदण्डभन्दा धेरै छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button