Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

स्तनपान शिशुका लागि अमृत

Breastfeeding

काठमाडौँ। पूर्ण स्तनपान अथवा यसलाई एक्सक्लुसिभ ब्रेस्ट फिडिङ पनि भन्ने गरिन्छ। एक्सक्लुसिभ ब्रेस्ट फिडिङ बच्चाले जन्मेदेखि छ महिनासम्मको समयमा औषधि दिन पर्ने अवस्था बाहेक अरु कुनै पनि अबस्थामा पानी पनि नदिइ आमाको दुध मात्र दिनुलाई भनिन्छ।

बच्चा जन्मेपछि शुरुका दिनमा आउने दुधलाई बिगौती दुध भनिन्छ। त्यसमा बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक आहारहरु जस्तैस् प्रोटिन, कार्बोहाइडेट, फ्याटहरु सबै बच्चालाई चाहिने मात्रामा हुन्छ। जब शिशु विस्तारै अन्य खानाहरू खान र पचाउन सक्ने अवस्थामा पुग्छ, आमाको दुध पनि घट्दै जाने गर्छ । त्यसैले आमाको दुध शिशुको लागि प्रकृतिको अमूल्य उपहार हो । आमाको दुध जस्तो खाना कुनै पनि मूल्यमा कहीँ पनि किन्न पाईदैन। आमाको दुध शिशुका अमृत समान हो ।

शिशुलाई फाइदा हुनुका साथै परिवारले एक पैसा खर्च नगरी शिशुलाई स्वस्थ आहार उपलब्ध गराउन सक्छन्।

आमाको दुधमा रोगहरूसँग लड्ने, इम्युनोग्लोव्युलिन जस्ता पोषक तत्त्वहरू सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दुधमा पाइँदैन। सुत्केरी आमाले साविक भन्दा थप दुईपटक पोषिलो खाना खाएमा आमाको दुध निरन्तर आउने र आफू पनि स्वस्थ रहन मद्दत गर्छ । सुत्केरीले गाह्रो काम गर्ने तनाव लिने, धूम्रपान तथा मद्यपान गर्नु हुँदैन।

स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ।

शिशुलाई स्तनपान गराउँदा उसले चाहे अनुसारले स्तनपान गराउनु पर्छ। शिशुलाई २४ घण्टामा कम्तिमा पनि ८ देखि १० पटक सम्म स्तनपान गराउन सकिन्छ। भर्खरै जन्मिएको शिशु २४ घण्टामा २० देखी २२ घण्टा सम्म सुत्न सक्छ यो सामान्य हो तर शिशु सुतेको समयमा स्तनपान नगराउने आमाहरू पनि हुन्छन्। त्यसैले शिशु सुतेको भए पनि २ घण्टाको फरकमा उठाएर पनि स्तनपान गराउनु पर्दछ।

६ महिना पूरा भएपछि बालबालिकालाई पूरक वा थप खानाको साथै कम्तीमा दुई वर्षसम्म आमाको दुध खुवाउनुपर्छ । आमाले साविकको भन्दा बढी (थप) खाना खाएनन् भने बच्चालाई भरपुर मात्रामा दुध पुग्दैन त्यसैले आमाले गेडागुडी, दुध, दही, फलफूल, हरियो सागपात, पहेला फलफूल पानी आदि मिलाएर सन्तुलित आहारको सेवन गर्नुका साथै आवश्कता अनुसार आराम गर्दा दुध प्रशस्त मात्रामा आउँने गर्छ।

आमाको दुधमा निम्न विशेषता हुन्छन्

  • आमाको दुधमा शिशुलाई पुग्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू तथा पानीको मात्रा पाइन्छ।
  • आमाको दुधमा रोगहरूसँग लड्ने, इम्युनोग्लोव्युलिन जस्ता सबै पोषक तत्त्वहरू सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दुधमा पाइँदैन।
  • शिशुलाई भोक लागेको आमालाई महसुस हुनासाथै आमाको दुधमा रहेको अक्सिटोसिन हर्मोन निस्केर आमाको दुध आफैँ बग्न थाल्छ ।
  • आमाको दुध सुरक्षित हुन्छ र यसमा रोगका कीटाणुहरूले आक्रमण गर्न पाउँदैन किनकि यो आमाको स्तनबाट सधैँ शिशुको मुखमा जान्छ ।
  • आमाको दुध धेरै र थोरै निस्कनुमा सुत्केरी स्याहारले असर गर्छ । आमाको सकारात्मक सोच, पोषण र आरामले गर्दा दुध प्रशस्त मात्रामा बन्छ ।
  • स्तनपानले शिशु काखमा बस्न र रमाउन पाउने हुनाले, आमा र शिशुबिच बलियो सम्बन्ध स्थापित हुन्छ। स्तनपानले शिशुको बौद्धिक विकासमा सहयोग गर्छ ।

स्तनपानका फाइदा
स्तनपान एक अति आवश्यक कुरा हो जुन आमा र बच्चा दुबैको लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। स्तनपानका फाइदाहरु:
१। शिशुलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँदछ।
२। शिशुलाई कुपोषण बाट जोगाउँछ।
३। शिशुको सारिरिक, मानशिक तथा भौतिक विकास गराउँदछ।
४। शिशुलाई जन्डिस (कमलपित्त) , मधुमेह, झाडापखाला, क्यान्सर, निमोनिया हुन बाट जोगाउछ।
५। आमालाई बच्चा जन्मिदै गर्दा अथवा बच्चा जन्मेको केही समय पछि हुने अत्यधिक रक्तश्रावबाट जोगाउँछ ९जुन हर्मोनको सहायताले पाठेघरको मुख खुम्च्याउन मद्धत गर्छ।
६। आमा र बच्चा दुवैलाई आत्मीय सम्बन्ध कायम राख्नको साथै शिशुलाई सुरक्षित महसुस गराउँछ।।
७। आमाको स्तन गानिन बाट बचाउँछ।
८। आमाको मानसिक तनाव कम गर्न सहयोग गर्दछ।
९। पाठेघर र स्तनको क्यान्सर हुनबाट जोगाउँछ।
१०। आमाको दूध जहिले , जतिखेर पनि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ।
११। स्तनपान गराउन पैसा खर्च हुँदैन।
१२। बच्चा जन्मेको ६ महिना सम्म पूर्ण स्तनपानको नियम पालना गर्न सके चाँडो गर्भवती हुन बाट रोक्छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button