मुख्य समाचारसमाचार

यो चुनाव सामान्य चुनाव होइन: एमाले अध्यक्ष ओली

Gobal IME Bank

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सामान्य चुनावको रुपमा लिन नहुने बताउनुभएको छ ।

एमाले भक्तपुर क्षेत्र नं २ ‘१’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले आज आयोजना यहाँ गरेको चुनावी सभामा उहाँले मङ्सिर ४ को चुनावलाई बहुदलीय व्यवस्थामा जस्तो आइरहने चुनाव नभई देशले जित्ने कि हार्ने भन्ने चुनावको रुपमा लिनुपर्ने बताउनुभएको हो ।

ओलीले भन्नुभयो, “ अब निर्वाचनले पाँच वर्षसम्म स्थायित्व हुने सरकार निर्माण गर्ने चुनाव हो, यो चुनावले दह्रो राष्ट्रिय शक्ति निर्माण गर्ने चुनाव हो ।” उहाँले आफ्ना कार्यकर्तालाई मत रक्षा गर्न, मत विस्तार गर्न र अत्यधिक मतले आफ्ना उम्मेदवारलाई विजयी सुनिश्चित गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेन नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले विगत पाँच वर्षमा भएका विकास देशकै नमूना भएको भन्दै बाँकी विकासका काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button