अन्यसमाचार

वातावरणका लागि पनि लुगाको जतन जरुरी

Clothes Care

Gobal IME Bank

काठमाडौँ। दराज भरि लुगा हुँदाहुदै पनि कतै जानुपर्दा कपडा नै भेटिदैन । यो हामीमध्ये धेरैले प्राय महिलाहरुले भोगेकै समस्या हुन सक्छ । विशेषगरी धेरैजसो महिला वा युवतीलाई के लुगा लगाउने भन्ने कुरामा अन्योलमा परिरहेका हुन्छन् ।

अझ कलाकारहरुले लुगा दोहोर्‍याएर लगायो भने पनि ट्रोल हुने गर्छ, जसकारण पनि उनीहरु लुगाप्रति धेरै सचेत रहने गर्छन् । तर पनि त्यसप्रति एक किसिमको आशक्ति देखिन्छ । लुगा कति मात्र उत्पादन हुन्छन् र खपत हुन्छन् सोच्नुस त ? यसले वातावरणमा नराम्रो प्रभाव परिरहेको छ ।

लुगाले व्यक्तिलाई पक्कै राम्रो देखाउँछ, यसमा कुनै शंका छैन तर लुगा बढी खपत गर्नु भनेको प्रकृतिमाथि दोहन गर्नु हो । विश्वभरीका फेसन उद्योगले हरेक वर्ष एक खर्ब बढी कपडा उत्पादन गर्छ । यीमध्ये लगभग ८० अर्ब थान कपडाहरु विभिन्न स्थानहरुबाट प्रत्येक वर्ष खरिद हुन्छ । यसको सीधा असर प्राकृतिक स्रोतमा परिरहेको छ ।

अन्तर्राष्टिय जनरल अर्थका अनुसार जलवायु परिवर्तनमा फेसन उद्योगहरु १० प्रतिशत जिम्मेवार हुन्छन्। फेसन उद्योगबाट सबैभन्दा ठूलो खतरा भूमिगत पानी हो । वास्तवमा कारखानाहरूले कपडा बनाउन धेरै पानी प्रयाृग गर्छन् जसको कारण भूमिगत पानीको सतह निरन्तर घट्दै गएको छ ।

बंगलादेशको कपडा उद्योगले वार्षिक १५ बिलियन लिटर पानी खपत गर्छ । एक किलो डेनिम कपडा धुन करिब २५० लिटर पानी खेर फाल्ने गरिन्छ । एक किलो सुती कपडा धुन र रङ गर्न २०० लिटर पानीको आवश्यकता पर्छ । नतिजा स्वरुप अहिले धेरै ठाउँमा पानीका लागि २७ मिटर खन्नुपर्ने बाध्यता छ ।

विश्व बैंकको रिसर्च अनुसार बर्सेनि विश्व फेसन उद्योगलाई ९३ बिलियन क्युबिक लिटर पानी चाहिन्छ, जुन ५० लाख मानिसले पिउने पानी बराबर हुन्छ । संसारमा २० प्रतिशत खेर जाने पानी फेब्रिक प्रशोधनबाटै आउने गर्छ । तथ्यअनुसार यदि अहिलेको समयमा यस गतिविधिले निरन्तरता पाइरहने हो भने सन् २०३० सम्म संसारमा ६२ मिलियन मेट्रिक टन लुगाको खपत हुनेछ ।

रेयोन र भिस्कोज जस्ता रुखबाट बनेका फेसनल फेब्रिकमा आधारित कपडाको उत्पादनका कारण हरेक वर्ष हजारौ हेक्टर वनहरू काट्ने गरिन्छ । वनजंगल फडानी गर्नु भनेको पर्यावरणलाई हानि पुर्याउनु हो । यसले वनमा बसोबास गर्ने प्रजातिहरू र विश्वभरका आदिवासी समुदायमा गम्भीर खतरा उत्पन्न हुन्छ ।

पैसा जोहो गाँस, बास र कपासको लागि गरिन्छ। बदलिंदो आधुनिकतासँगै मानिसहरु फेसनबेल हुन थालेका छन् । फेसनेबल कपडाहरू पक्कै पनि हेर्दा र लगाउदा धेरै राम्रो देखिन्छन्। पहिले पहिले मानिसहरू चाडपर्व वा कुनै विशेष अवसरमा मात्रै लुगा किन्ने चलन थियो । यसमा राम्रो मात्र हेर्नुभन्दा पनि दिगोपनको ख्याल गरिएको हुन्थ्यो । अहिले लुगा त्यसमा पनि ब्राण्डको लुगा लगाएर आफूलाई माथिल्लो स्तरको देखाउने प्रवृत्ति बढ्न थालेको छ । जसले गर्दा मानिस एक छाक भोकै बस्न तयार छ तर चिटिक्क परेको महंगा लुगा हरेक समारोह र चाडपर्वको नाममा खरिद गर्नु पर्छ । ट्रेन्डमा आउने बित्तिकै लुगा किन्ने चलनलाई ‘फास्ट फेसन’को नाम दिइएको छ ।

विश्व फेसनको ‘फास्ट फेसन’ प्रवृत्ति नेपालमा पनि उत्तिकै देखिन्छ । नेपाल यस्तो एउटा मुलुक हो, जहाँको पहिरन अर्थतन्त्र आयातमा निर्भर छ । चीन, भारत र थाइल्याण्डबाट आयात हुने ‘फास्ट फेसन’को प्रभाव नेपालको फेसनमा पनि उत्तिक्कै देख्न सकिन्छ । नेपाल कपडा उद्योग संघका अनुसार नेपालमा वार्षिक पाँच खर्ब रुपैयाँभन्दा बढीको कपडा खपत हुन्छ ।

लुगाको जतन गर्ने बानि जरुरी

लुगा किन्नुभन्दा एकपटक त्यसको प्रयोजनबारे सोच्ने र आवश्यक परेमा मात्रै किन्ने बानी बसाल्नु पर्छ ।

आफूलाई लगाउन जरुरी नलाग्ने कपडा डोनेट गर्ने ।

आफनो लुगा फाल्नुअघि सोच्ने एकपटक किनेको लुगा अन्तिमसम्म प्रयोग गर्न सकिन्छ । पुरानो लुगालाई पनि सिलाइ, बुनाइ गरेर नयाँ–नयाँ डिजाइन बनाएर लगाउन सकिन्छ । अथवा कपडालाई कपासमा परिणत गरेर सिरानी, कुसन बनाउन पनि सकिन्छ ।

पुराना कपडाहरू पुन प्रयोग गर्नु पनि दिगो फेसन सिर्जना गर्ने एउटा तरिका हो ।

सेकेन्ड ह्याण्ड लुगा प्रयोग गर्ने र आफूले पनि आफ्ना लुगा त्यसैगरी प्रयोग गर्न दिने । विदेशमा मात्र पहिला चलनमा रहेको सेकेन्ड ह्याण्ड लुगाफाटोको बिजनेस नेपालमा पनि सुरु भएको छ ।

कपडा किन्न सजिलो छ तर त्यसलाई जतन गरेर राख्न गाह्रो छ । थोरै मात्र गल्तीले महंगो र रोजाइमा परेको कपडा बिग्रिन सक्छ । जति लुगा जतन गर्न सकियो त्यति नै लुगा नयाँ देखिन्छ र, चाँडै च्यातिदैन ।

लुगा जतनका लागि निम्न पक्षमा ध्यान दिनुपर्छ 

काम गर्दा दाग लाग्ने, पसिना आउने खालको समस्या हुन्छ भने काम गर्न जाँदा छुट्टै लुगा लगाउने । भान्छामा सधैँ एप्रोनको प्रयोग गर्ने ताकि कुनै पनि किसिमको मसला, पानी, तेल लुगामा नपरोस् ।

लुगा धुँदा सर्फभन्दा बढी साबुनको प्रयोग गर्ने । सर्फले लुगालाई छिट्टो मक्काउन सक्छ । सर्फले नधोई चित्त बुझ्दैन भने हल्का केमिकल भएको सर्फ प्रयोग गर्ने । दाग लागेको भागमा हातले हल्कासँग मिच्ने । लुगाको मैलो हटाउन लुगालाई मुडाले कुट्ने, जाली वा ब्रसले घोट्ने गर्नु हुँदैन । यसले लुगा च्यातिन पनि सक्छ र यसको गुणस्तरमा कमी ल्याउँछ ।
कपडा सेतो छ भने रंगीन कपडासँग धुनुहुँदैन ।

धोएको लुगाफाटोलाई कहिले पनि सूर्यको प्रकाश सिधा पर्ने ठाउँमा वा चर्को घाममा सुकाउनु हुँदैन । यसले लुगाको रंगलाई खुइलाएर कपडा छिटो पुरानो बनाउँछ । कपडालाई सीधा घाम पर्ने ठाउँमा सुकाउनु हुँदैन ।

कपडालाई पट्याएर राख्ने गर्नु पर्छ । राम्रोसँग पट्टाएर राखेमा कपडा खुम्चिंदैन । जति कपडा खुम्चियो त्यति कपडाको गुणस्तर बिग्रिन्छ र पुरानो पनि देखिन्छ । दैनिक लगाउने सुती कपडा आइरन गरेर ह्याङ्गरमा झुण्ड्याउने र पार्टी वा बाहिर जाँदा लगाउने लुगा दराजमा राम्रोसँग पट्टाएर राख्ने बानी गर्नु पर्छ । अहिले धेरैजसो सामाजिक सञ्जालमा लुगा कसरी पट्याउने भनेर खोजियो भने ट्युटोरियल हेर्न सकिन्छ ।

जाडोमा उनीको लुगामा भुवा आउने गर्छ, जसले गर्दा लगाउन मन नहुन सक्छ । यसको समाधानका लागि कैँचीले भुवा हटाउन सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button