मनोरञ्जन

कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन २’ को डिजिटल अडिसन सुरु-Goodnews24

Gobal IME Bank

  काठमाडौं – ‘कमेडी च्याम्पियन सिजन २’ को अडिसन सुरु भएको छ । कोरोना महामारीका कारण आयोजकले यस पटक डिजिटल अडिसन खुल्ला गरेको हो । आजबाट सुरु भएको डिजिटल अडिसन असोज १४ गतेसम्म जारी रहने छ । प्रतियोगितामा सहभागीताका लागि प्रतियोगीले कमेडी च्याम्पियनको एपमा गई बढीमा ४ मिनेट ५९ सेकेन्ड सम्मको भिडियो अपलोड गर्नु पर्ने हुन्छ । १४ गतेसम्म प्राप्त अडिसनबाट कम्तिमा १२० जनालाई फिजिकल अडिसनका लागि छनोट गरिने छ । यद्यपि प्रतिस्पर्धीको कन्टेन्ट र प्रतिस्पर्धीका आधारमा यो संख्यामा केही तल माथि हुने निर्देशक भण्डारी बताउँछन् । कार्यक्रममा यो पटक पनि निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै रहेका छन् ।
अभिनेत्री रीमा विश्वकर्माले नै होष्टको जिम्मा पाएकी छन् । गत वर्ष डिजिटल अडिसनमा २ हजार २०० प्रतिस्पर्धी सहभागी भएकोमा यो वर्ष भने संख्या बढ्ने अपेक्षा आयोजको छ । कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त हुन्। यो पटकबाट कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । १२० बाट २४ जना छनोट हुने र सोही समयबाट टेलिभिजनमा कार्यक्रम प्रशारण हुने छ । उत्कृष्ट १५ जनाबाट भोटिङ सुरु गरिने छ । कार्यक्रम कात्तिकको दोस्रो हप्ताबाट प्रशारण गर्ने तयारी रहेको निर्देशक भण्डारीले जानकारी दिएका छन् । विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button