अन्यसमाचार

सामुदायिक विद्यालयको नमूना अभ्यास -GoodNews24

Gobal IME Bank

तुलसीपुर । दाङको दंगीशरण गाउँपालिका–२ स्थित प्रावि कौवाघारीलाई नमूना विद्यालयका रुपमा स्थापित गरिएको छ । शिक्षाको क्षेत्रमा काम गर्ने समाजमा वातावरणीय शिक्षाको विकास (सीड)ले राम्रा सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रुपमा घोषणा गरेर सहयोग गर्दै आएको छ ।

अहिले उक्त विद्यालय नमूना रहेको भन्दै सीडले सहयोग गर्दै आगामी दिनमा थप सुधारका लागि योजना निर्माण गरिरहेको कार्यक्रम संयोजक माधबराज चौधरीले बताउनुभयो । सोही विद्यालयमा खानेपानी अभाव भए पनि बाहिरबाट ल्याएर भएपछि फिल्टरको पानी खुवाउने गरिएको छ । पानीकै कारण पनि विद्यार्थीलाई धेरै रोग लाग्नसक्ने भएकाले पनि फिल्टर गरिएको पानी खुवाउन थालिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताउनुभयो ।

त्यस्तै विद्यालय नजिकै भित्तामा टाँसिएको बालबालिका संरक्षणसम्बन्धी विद्यालयको नीतिले विद्यार्थी तथा शिक्षक मात्रै नभई बाहिरबाट जाने विभिन्न सरोकारवाला व्यक्तिको पनि ध्यान केन्द्रित गर्ने गर्छ । शिशुकक्षादेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा कक्षा कोठामा विद्यार्थीलाई बेञ्चमा बसालिएको हुँदैन् । पठन–पाठनमा सहज होस् भनी विद्यार्थीलाई ‘राउन्ड टेबुल’ मा राखेर पठन–पाठन गराउने गरिएको छ । त्यसले शिक्षकलाई पढाउन पनि सहज भएको प्रअ देवकोटोले बताउनुभयो ।

कति रोल नम्बरको विद्यार्थी आएन्, भन्ने गरी त्यसरी तालिका तयार पारिने गरेको उहाँले बताउनुभयो । योसँगै शिक्षक, विद्यार्थीको मेहनत र अभिभावकको साथ तथा सहयोगले प्रत्येक वर्ष विद्यालयले नतिजा पनि सुधार गर्ने गरेको छ । यसका पुष्टि कक्षामा टाँस गरिएको कक्षागत सिकाइ उपलब्धिले पुष्टि गर्छ । विद्यालयले सबै कक्षामा प्रत्येक वर्षको कक्षागत, तहगत र विषयगत सिकाइ उपलब्धि टाँस गरेको छ । सोही सिकाइ उपलब्धिको आधारमा प्रत्येक वर्ष उपलब्धि वृद्धि गर्ने कसरतमा विद्यालय हुने गरेको प्रअ देवकोटाले बताउनुभयो ।

अहिले विद्यालयमा तीन वटा भवन रहेका छन्, तर ती भवन अपर्याप्त भएकाले अन्य भवन पनि आवश्यक पर्ने प्रअ देवकोटाको भनाइ छ । उहाँका अनुसार विद्यालयको सिकाइ उपलब्धि पनि करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ । “यसअघि ८३ जना विद्यार्थी थिए” उहाँले भन्नुभयो “अहिले बढेर १०३ जना विद्यार्थी रहेका छन् ।” अहिले सबैभन्दा धेरै हाजिर हुने आमालाई सम्मानसमेत गर्ने गरेको देवकोटाले बताउनुभयो ।

अहिले कुनै पनि बहानामा विद्यार्थीबाट शुल्कसमेत नलिने गरेको उहाँको भनाइ छ । साथै विद्यार्थीको क्षमता विकासका लागि क्लब गठन, नियमित सामाजिक लेखापरीक्षण, समयमै एसआईपी, गुनासो तथा सुझाव समिति गठन, शैक्षिक पात्रोअनुसार पठन–पाठन, प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गरेको उहाँको भनाइ थियो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″]

[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3790″]

[irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button