Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

एयरकन्डिस्नरमा २४ घण्टा बस्नु  हानिकारक हुन सक्छ

Cooler Effect!

एक्सपर्टका अनुसार यि पाँच कारण एयरकन्डिस्नरमा २४ घण्टा बस्नु  हानिकारक हुन सक्छ।

गर्मी बढे सँगै प्राय मानिसहरु एयरकन्डिस्नरमा बस्न रुचाउने गर्छन् । अफिसहरुमा पनि कर्मचारीको सुविधाको एयर कन्डिस्नर राख्ने चलन बढि रहेको छ र घरमा पनि प्राय मानिसहरु एसिको नै प्रयोग गरिरहेका हुन्छन् । तर २४ घण्टा नै एसिको हावामा बस्दा हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । हाम्रो शरीरमा आउने पसिनाले शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ तर दिनभर एसिको हावामा बस्दा हाम्रो शरीरबाट पसिना आउदैन । यसले गर्दा स्वेटिङको प्रकृतिक प्रोसेसमा वाधा उत्पन्न हुन्छ । यसको कारणले गर्दा हाम्रो छालामा समेत असर देखिन थाल्छ ।

यि हुन् एसिमा २४ घण्टा बस्दा देखिने स्वास्थ्य समस्याहरु:

१. शरीर दुख्नु
धेरै समय एसिमा बस्दा हाम्रो शरीर दुख्न् समस्या उत्पन्न हुन थाल्छ । चिसो हावाको कारणले गर्दा हाम्रो शरीरमा ऐठन महसुस हुन  थाल्छ । यसको परिणाम स्वरुप हाम्रो शरीरको जोर्निहरुमा पिडा हुन थाल्छ । द कम्फर्ट एकेडेमीको रिसर्च अनुसार जोर्निमा पडिा हुने समस्या भएका मानिसहरु ज्यादा समय एसिको हावामा बस्दा उनीहरुको जोर्निमा समस्या अझ बढ्ने देखिएको थियो । जोर्निको समस्या भएका मानिसहरुको शरीर मौसमी बदलावलाई चाँडै अडप्ट गर्न सक्षम हुदैन त्यसैले एसिको हावामा बस्दा उनीहरुको जोर्निमा पिडा बढ्ने गर्छ ।

२. डिहाइड्रेसन
लामो समय एसिको हावामा बस्दा प्यास लाग्न कम हुन्छ । पानी पर्याप्त मात्रामा पिउदा हाम्रो शरीरमा डिहाइड्रेसनको समस्या हुदैन तर एसिको हावामा बसे पछि प्यास कम लाग्छ शरीरमा पानीको मात्रा पुग्दैन । शरीरमा पानी नपुगे पछि डिहाइड्रेसन हुन्छ र टाउको दुख्ने र माइग्रेनको समस्या पनि बढ्ने गर्छ ।

३. छाला सुख्खा
एयर कन्डिस्नरले हावालाई डि ह्युमिडिफाई गर्छ र यसको प्रभाव हाम्रो छालामा पनि पर्ने गर्छ । एसिको हावामा बस्दा हाम्रो त्वचाको मोइस्चराइजर कम हुदै जान्छ र त्वचा सुख्खा हुन थाल्छ । यदि तपाई एसिको हावामा बस्नु हुन्छ भने मोइस्चराइजरको प्रयोग दिनमा २, ३ पटक गर्नु आवश्यक हुन्छ ।

४.आँखामा सुख्खापन बढ्छ
धेरै समय सम्म एसिको हावामा बसेर कम्प्युटर वा ल्यापटपको स्क्रिन अगाडी बसेर काम गर्दा हाम्रो आँखामा पनि असर गर्छ । यसको कारणले गर्दा आँखामा सुख्खापनको समस्या आउने गर्छ । आँखा सम्बन्धि समस्या भएका मानिसहरु एसिको हावाबाट टाढा रहनु नै लाभदायक हुन्छ । एसिको हावामा लामो समय सम्म बस्दा आँखा पोल्ने, चिलाउने वा आँखामा पानी आउने जस्ता समस्या भए तुरुन्त डाक्टरको परामर्श लिने ।

५. आलस्यता
यदि तपाईलाई अफिसमा निद्रा आउने समस्या भई रहेको छ भने  यो एसिको कारण पनि हुन सक्छ । चिसो हावाको कारण हाम्रो शरीरले आनन्द महसुस गरिरहेको हुन्छ र हामीलाई निद्रा लाग्न थाल्छ जसको कारण हामी काममा फोकस गर्न सक्दैनौ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button