समाचार

कोराना विजेतालाई पुष्पगुच्छा – Goodnews24

Gobal IME Bank

बुटवल – समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कतिपय पालिकामा कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा होम आइसोलेशनमा बसेर निस्किएको परिवारलाई सम्मान गरिएको छ । बुटवल उपमहानगरपालिका–१३ झोलुङ्गेपुल, हरियाली पथ निवासी प्रेमनारायण पोखरेलको परिवारलाई उपमहानगर सदस्य विष्णुकुमारी शर्मा र टोल समितिका अध्यक्ष पीताम्बर भण्डारीसहित टोलवासीले आज पुष्पगुच्छा प्रदान गरी कोरोना जितेकामा नगरका तर्फबाट बधाई तथा शुभकामना दिनुभयो ।
गत साउन २९ गते प्रेमनारायणका छोरा लेखनाथ र बुहारी विनितामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उहाँहरु घरमै आइसोलेशनमा बस्नुभएको थियो । आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेकामा पोखरेलले सबैप्रति आभार व्यक्त गर्नुभयो ।
उपमहानगर सदस्य शर्माले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अवलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सतर्क रहन आग्रह गर्नुभयो । “सतर्क रहँदारहँदै पनि कोरोना लाग्न सक्छ तर लाग्यो भनेर छिमेकी र आफन्त नै टाढिने हो भने सङ्क्रमितको मनोबल खस्किन्छ । त्यसैले उहाँहरुलाई हौसला बढाउन जरुरी छ”, उहाँले भन्नुभयो, “सङ्कमण हुँदा मात्रै होइन निको भइसकेपछि पनि समाजमा घुलमिल हुन गाह्रो नहोस् भन्नाका लागि टोलको यो प्रयास पनि सह्रानीय छ ।”
आइसोलेशनमा रहेका बेला उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि घरमै आएर स्वास्थ्यलाभको कामना गर्दा थप हौसला मिलोको बताउँदै पोखरेल परिवारले उच्च मनोबलका साथ स्वास्थ्यलाभ गर्न सफल भएको अनुभव सुनायो । पछिल्लो समय बुटवलका विभिन्न वडामा कोरोना भाइरस सङ्क्रमण बढेसँगै हरियाली पथका दुई परिवारका सदस्यलाई कोरोना पुष्टि भएको थियो ।
पोखरेल परिवारले स्वास्थ्यलाभ गरे पनि अर्को परिवारका सदस्य भने होम आइसोलेशनमै हुुनुहुन्छ । टोलमा सङ्क्रमित भएका परिवारको दैलामै पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिने काम निरन्तर भइरहेको टोल विकास समितका अध्यक्ष भण्डारीले बताउनुभयो ।
टोलमा कोरोना सङ्क्रमण हुँदैमा कुनै पनि सदस्यले त्यस्ता परिवारका सदस्यप्रति हेयभाव नराखून् भन्ने उद्देश्यले सबैलाई सचेत बनाइएको छ । “भोलि जोसुकैलाई पनि सङ्क्रमण हुन सक्छ, त्यसैले सबैले सबैलाई सहयोग, आदर र सम्मान गर्न जरुरी छ”, स्थानीयवासी जमुना सुवेदीले भन्नुभयो ।

 

गुड न्यूज 24
www.goodnews24.com

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button