शिक्षा स्वास्थसमाचार

दशैँमा खानापानमा ध्यान दिन चिकित्सकको सल्लाह

Dashain

Gobal IME Bank

काठमाडौँ। दशैँ भन्नेबित्तिकै आफूभन्दा ठूलाको आशीर्वाद लिने र मिठो मिठो खानपान गर्ने चाडका रूपमा प्रचलित छ तर आशीर्वादसँगै अत्यधिक मात्रामा मदिरा, मासु तथा चिल्लोपरिकारहरु खाने चाडका रूपमा दशैँ मनाउँदा स्वास्थ्यका जोखिम हुने कारण चिकित्सक तथा पोषणविद्हरूले चाडपर्वको समयमा सन्तुलित खाना खान सुझाव दिएका छन् ।

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेको धेरै घटना छन् । चिकित्सकले दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै जोखिम हुने कारण पनि विज्ञहरूले सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै उच्च रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्याहरु देखा पर्छन् । वपोषणविद्हरुले दशैँमा खानपानमा ध्यान नदिँदा मानिसको स्वास्थ्यमा असर पर्ने जोखिम हुने बताएका छन् ।

पोषणविद्ले खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शरीरका अङ्गसमेत काम नलाग्ने हुनसक्ने कारण सन्तुलित खाना मात्र खान सुझाव दिएका।
चाडबाडको नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्यलगायत सामाजिक रूपमा समेत ठूलो क्षति बेहोर्नुपरेको छ । मानिसले दशैँको खानामा होस नपुर्‍याउँदा जटिल रोगको सिकार हुने जोखिम हुन्छ ।

विशेषज्ञले चाडपर्वका नाउँमा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको जोखम हुने बताएका छन् । दशैँमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, डिहाड्रियसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्ने लगायतका समस्या देखापर्ने गर्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button