मनोरञ्जनसमाचार

चर्चित अभिनेता दयाहाङ राईलाई पुत्रलाभ – Good News 24

Gobal IME Bank

काठमाडौं । चर्चित अभिनेता दयाहाङ राई र बेनुका राईलाई दोस्रो सन्तान प्राप्त भएको छ । शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा पत्नी बेनुकाले छोरालाई जन्म दिएकी हुन् ।

दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् ।

अभिनेता दयाहाङ र बेनुकाले २०६५ सालमा विवाह गरेका थिए । उनीहरुको पहिलो सन्तान भने २०६९ सालमा भएको थियो । बेनुका गायिका समेत हुन् । तर पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।

दयाहाङ भने चलचित्र क्षेत्रमै व्यस्त छन् । दयाहाङ अभिनित फिल्म ‘दुई नम्बरी’ असोज २१ गते रिलिजको तयारीमा छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button