मनोरञ्जनमुख्य समाचारसमाचार

सञ्जय लीला भंसालीको ‘हिरामंडी’ ओटिटि प्लेटफर्ममा रिलिज हुँदै

Gobal IME Bank

काठमाडौं । सञ्जय लीला भंसालीको ‘हिरामंडी’ को टिजर सार्वजनिक भएको छ । सिरिज ओटिटि प्लेटफर्ममा रिलिज हुँदैछ ।

सञ्जय लीला भंसालीको फिल्म ‘गंगूबाई’ दर्शकहरुले निकै मन पराएका थिए । यो फिल्म हिट भएको थियो । बलिउडको यस चर्चित डायरेक्टरको अर्को प्रोजेक्टको टिजर रिलिज भएको छ । सञ्जय लीला भंसालीको फिल्म हिरामंडी छिट्टै ओटिटि प्लेटफर्ममा रिलिज हुँदैछ। फिल्म यौनकर्मीहरुको जीवनमा आधारित रहेको छ । तर यस पटक निर्देशकले भारतको स्वतन्त्रता भन्दा पहिलेको समयमा लिएर फिल्म बनाएका छन् ।

सञ्जय लीला भंसालीलाई बलिउडमा मेगा फिल्म मेकरको रुपमा पनि चिनिन्छ । भंसालीको प्राय फिल्महरुले दर्शकलाई चलचित्रको संसारमा नै लाने गर्छ । सञ्जय लीला भंसालीले धेरै जसो महिला प्रधान चलचित्र बनाउने गर्छन् । हिरामंडी पनि महिला प्रधान चलचित्र हो । हिरामंडीलाई ओटिटि प्लेटफर्ममा रिलीज गरिने छ र यसको पोस्टर पनि सार्वजनिक गरिएको छ ।

हिरामंडी नेटफ्लिक्समा रिलीज हुँदैछ जसमा बलिउडको चर्चित कलाकारहरुले अभिनय गरेका छन् । यस सिरिजमा मनीषा कोइराला, अदिती राव हेदरी, शर्मिन सहगल, संजीदा शेख, सोनाक्षी सिन्हा, ऋचा चड्ढाले अभिनय गरेका छन्। यस सिरिजमा सन् १९४७ भन्दा पहिलेको हिरामंडीको कहानीलाई पुन जिवित गरिएको छ । मीडिया रिपोर्ट अनुसार सिरिजमा तिन पुस्ताको कहानीलाई प्रस्तुत गरिएको छ तर मेकर्सहरुले चलचित्रको रिलिज डेट भने सार्वजनिक गरेका छैनन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button