Tuesday , 20 April 2021

कोरोना सङ्क्रमण ९७.२ प्रतिशतले निको – GoodNews24

काठमाडौँ, १९ पुस : नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत बुधबारदेखि आजसम्म दुई हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । सो अवधिमा तीन हजार १८२ जना सङ्क्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पाँच हजार ८०० जनाको नमूना परीक्षण गर्दा ४२१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा उपत्यकामा (भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १६०) १९७ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ६३७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने ६३७ जना निको भएका छन् । गत बुधबारदेखि आजसम्म ३८ को कोरोनाबाट मृत्यु भएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle