अन्यसमाचार

धारापानीमा औद्योगिकग्राम स्थापना हुने : स्थानीयवासी खुशी -GoodNews24

Gobal IME Bank

डाेटी । जिल्लाको दक्षिणी क्षेत्रको जोरायल गाउँपालिकामा औद्योगिक क्षेत्र बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । मन्त्रिपरिषद् बैठकले डोटीको जोरायल गाउँपालिका–२ धारापानी क्षेत्रमा औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेपछि यहाँका स्थानीयवासीमा खुशीयाली छाएको हो । जोरायल गाउँपालिका–२ धारापानीका तीर्थ भण्डारीले भन्नुभयो, “सरकारले हाम्रो गाउँपालिकामा औद्योगिकग्राम खेल्न गरेको निर्णय स्वागतयोग्य छ, हामी खुशी भएका छौँ ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न १० स्थानीय तहलाई औद्योगिकग्राम घोषणा गर्न मन्त्रिपरिषद्मा केही समय पहिले प्रस्ताव पठाएको र सोमबार बसेको बैठकले पाँच स्थानीय तहलाई औद्योगिकग्राम बनाउने निर्णय गरेको थियो । त्यस्तै सरकारले यसै आर्थिक वर्षमा देशका ७० स्थानीय तहमा औद्योगिकग्राम घोषणा गर्ने तयारी गरेको बताइएको छ । यसअघि प्रदेश १ मा एक, प्रदेश नं २ मा तीन, वाग्मती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा ११, प्रदेश नं ५ मा सात, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा तीन औद्योगिकग्राम घोषणा गरिसकेको छ । सबै स्थानीय तहमा औद्योगिकग्राम बनाउने योजना रहेको बताइएको छ ।
यसअघि सरकारले ३२ स्थानीय तहलाई औद्योगिकग्राम बनाउन घोषणा गरी रु २९ करोड ४४ लाख हस्तान्तरण गरिसकेको छ । जोरायलमा औद्योगिकग्राम स्थापना गरिए जिल्लाभरिका स्थानीय गाउँमै रोजगारी पाउनुका साथै औद्योगिक क्षेत्रमा जिल्लाले नै फड्को मार्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक ग्राम खुले जिल्लाको विकासमा ठूलो सहयोग पुग्ने छ, सबैले घरैमा रोजगारी पाउनेछन् ।”
फागुन १ गतेबाट प्रादेशिक महोत्सव
पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न डोटी चेम्बर अफ कमर्सले आउँदो फागुन १ गतेबाट डोटीको दिपायलमा दोस्रो सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवका लागि आवश्यक तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ । प्रादेशिक महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जनाइएको छ ।
जिल्लामा उत्पादन हुने स्थानीय खाद्यवस्तु तथा कला संस्कृतिको संरक्षण तथा पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि महोत्सव आयोजना गरिन लागेको आयोजक सस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटन वर्ष सफल पार्न तथा कला संस्कृतिको संरक्षणका लागि हामीले महोत्सवको आयोजना गर्दैछौँ, सबैको सहयोग आवश्यक छ ।” महोत्सव अवधिभरिमा सेतीनदीमा जलयात्रा, प्यारागलाइडिङको आयोजना गरिने जनाइएको छ । फागुन १० गतेसम्म जारी रहने महोत्सवे दिपायलस्थित दिल्पेश्वर मठमा आयोजना हुने भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button