मुख्य समाचारशिक्षा स्वास्थसमाचार

तपाइको शरीरमा यी संकेतहरु त छैनन् ? गम्भीर रोगका लक्षणहरु…

Gobal IME Bank

सुख्खा नङ
स्वस्थ नङका लागि हड्डी स्वस्थ हुनु आवश्यक हुन्छ। यदि शरीरमा क्याल्सियम वा म्याग्नेसियमको कमी छ भने नङ सुख्खा हुन्छ। त्यसकारण नङ सुख्खा भएको छ भने गम्भीर बिरामीको संकेतका हुन सक्छ त्यसैले चिकित्सकको परामर्श लिने ।

पिसाबमा रगत
पिसाबमा यदि रगत देखियो भने यो गम्भीर बिरामीको संकेतका हुन सक्छ। पिसाबमा रगत आउनु प्रोस्टेट क्यान्सर या प्रोस्टेट वृद्धिको संकेत हुन सक्छ। यसका अलावा मूत्राशय वा मिर्गौलाको क्यान्सर या पत्थरीका कारण पनि यस्तो हुन सक्छ। मिर्गौलाको रोग या कुनै चोटका कारण पनि पिसाबबाट रगत आउन सक्छ।

लगातार कम्मर दुखाई
लगातार कम्मर दुखाई मिर्गौलाको रोग या खराबीको कारण हुन सक्छ तर सधैं यस्तो भने हुँदैंन। विशेषज्ञका अनुसार कम्मर दुख्ने व्यक्तिहरुमा १० जना् मध्ये एकजनामा मिर्गौलाको पत्थरी हुने सम्भावना हुन्छ।

धेरै पसीना आउनु या शरीर सुन्निनु
धेरै पसीना आउनु या शरीर सुन्निनु थाइरोइडको संकेत हुन सक्छ। शरीरमा मेटाबोलिजमको दर धेरै बढ्यो भने धेरै पसीना आउने गर्छ वा पसीना नै आउन बन्द हुन्छ। कतिपय अवस्थामा पसीनाका साथै बेचैनी पनि बढ्छ। यसका अलावा शरीरका केही भाग जस्तै, अनुहार, आँखा, औंला आदि सुन्नियो भने थाइरोइडको संकेत हुन सक्छ।

बंगारा दुख्नु
कहिलेकाही लामो समयसम्म चुइङगम चपाउनाले बंगारामा दुखाई हुन्छ तर, कुनै समय हृदयाघातको संकेत पनि हुन सक्छ। यद्यपि यस्तो संकेत देखिनेबित्तिकै डाक्टरसंग सल्लाह लिन सकिन्छ ।

मुख गन्हाउनु
ब्रस गरेपछि पनि मुख गन्हाउन छाडेन भने फोक्सोको समस्याको कारण हुन सक्छ। फोक्सोको रोग, दम, सिस्टिक फाइब्रोसिस आदि समस्यामा उच्च अम्लीय गन्हाउने समस्या हुन्छ। गन्ध जति अम्लीय हुन्छ, उति गम्भीर रोगको समस्या हुन सक्छ ।

पेट दुख्नु
पेट दुख्नु झन् गम्भीर रोगका संकेत हुन सक्छन् । पेट कलेजोमा खराबी, मिर्गौला, कोलाइटिस अल्सरका कारण पनि दुख्ने गर्छ । यदि पेट फुल्यो भने अल्सरको संकेत हुन सक्छ।

जिब्रो लर्बराउनु
शरीर कमजोर हुनुका साथै जिब्रो पनि लर्बराउँछ भने प्यारालाइसिसको लक्षण हुन सक्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button