मनोरञ्जनमुख्य समाचारसमाचार

यसरी पुनः जिवित पारिँदैछ चार सय वर्ष अगाडी लोप भएको २३ किलोको ‘डोडो’ पंक्षी

Gobal IME Bank

काठमाडौँ । चार सय वर्ष अगाडी लोप भएको २३ किलोको डोडो पंक्षी फेरि जिउँदो हुने जेनेटिक इन्जीनियरिंग कम्पनीले दाबी गरेको छ । डोडो पक्षी १७औँ शताब्दीमा धर्तीबाट लोप भएको थियो । अब कोलोसल बायोसाइन्सेजको जानकारी अनुसार यस कम्पनीले जेनेटिक बदलाव को माध्यमबाट फेरि यस पंक्षीलाई जीवित गर्न चाहन्छ ।

अमेरिकाको एक रिसर्च फर्म एउटा यस्तो कोसिस गर्न खोजि रहेको छ जुन यो भन्दा पहिले कसैले पनि गरेको छैन । आधुनिक युगमा साइन्सले यति धेरै तरक्की गरिसकेको छ कि मनुष्यसँग प्रकृतिबाट लोप भइसकेको प्रजातिहरु पनि फेरि जीवित गर्ने ताकत आएको छ, जस्तै कियस रिसर्च फर्मले दावा सहित साबित भईरहेको देख्न सकिन्छ । कोलोसल बायोसाइन्सेज नामक रिसर्च फर्मले बताएको छ कि उनीहरु ४०० वर्ष अगाडी लोप भई सकेको पंक्षी डोडो पक्षीलाई पुन जीवित गर्ने कोसिस गरिरहेका छन् ।

डोडो पक्षी १७ औँ शताब्दीमा धर्तीबाट लोप भएको थियो । अब कोलोसल बायोसाइन्सेजले जेनेटिक बदलावको माध्यमबाट पुन यस पंक्षीलाई जीवित गर्न चाहन्छ । यसको लागि कम्पनी जीन एडिटिंगको सहारा लिने कुरा गरिरहेको छ । यदि यस्तो भयो भने वैज्ञानिकको तर्फबाट मनुष्य जातिको लागी यो ठुलो उपलब्धी हुन्छ । कोलोसल बायोसाइन्सले डोडोसँग सम्बन्धित पुरै रिसर्चको बारेमा यसको अधिकारिक वेबसाइटमा प्रकाशित गरेको छ जसमा फर्मले डोडो को पुनर्जीवित गर्ने तरिका पनि बताएको छ ।

यो कुरा तब साबित हुन्छ जब यस फर्मले नै डोडोको जीनोम को बारेमा पुरा स्टडी गरिसक्छ र त्यसलाई डीकोड गर्न सफल हुन्छ । यहाँका वैज्ञानिकहरुले यस माथि काम गर्न सुरु गरिसकेका छन् । यसको लागि वैज्ञानिक स्टेम सेल टेक्निकको मद्दत लिई रहेका छन् जसले ३५० वर्ष पहिले लोप भएको प्रजातिलाई पुन जीवित गर्न सक्छ । यदि यस्तो भयो भने आउने समयमा डायनासोर जस्तो भारी जीव पनि धर्तीमा फेरी घुमिरहेको देख्न सकिने सम्भावना बढ्छ ।

रिसर्च रिपोर्टमा भनिएको छ कि जीन एडिटिंग को माध्यमबाट यो सम्भव हुन सक्छ। जीन स्टडीको आधारमा जुन निष्कर्ष निकालिएको छ , यसको मुताबिक डोडोलाई परेवाको करिबी मानिन्छ । यो एक भारी किसिमको चरा हो जसको वजन किलो १३ देखि २३ किलो सम्म हुन्थ्यो। देख्दा यो एक पंक्षी हो तर यो उड्न भने सक्ने थिएन । डोडोलाई १५०७ मा सबै भन्दा पहिले देखिएको थियो। त्यस पछि यी पंक्षीहरुलाई मारेर खान थालियो र बिस्तारै बिस्तारै यसको संख्या कम हुँदै गएको थियो र १७ औँ शताब्दीमा यसको प्रजाति नै लोप भएको थियो । कोलोसल बायोसाइन्सेज वैज्ञानिकको यदि यसमा सफलता प्राप्त भयो भने उनीहरुले यस्तै लोप हुन लागेको प्रजातिहरुलाई बचाउन सकिने विश्वास रहेको छ । साइन्सको सहाराले वैज्ञानिक यसलाई हकीकतमा परिणत गर्न पुरा कोसिस गरिरहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button