मुख्य समाचारशिक्षा स्वास्थसमाचार

मुख धोएपछि अनुहार तौलियाले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा

Gobal IME Bank

एजेन्सी । सुन्दर अनुहारका लागि हामी सबैले धेरै जसो आफ्नो मुख (अनुहार) धुइरहन्छौं । बेला बेलामा मुख धोएरहनाले अनुहारमा फोहोर धुलो धुँवाहरुको किटाणुहरु बस्न पाउँदैन् र अनुहारमा चमक बरकरार हुन्छ । सामान्यताया हामी जब कहि बाहिर गएर घर आउँछौ तब पनि हामी आफ्नो अनुहार धुन्छौ र धोइसकेको अनुहारलाई हामी घरमा भएको तौलियाले पुच्छौ तर के तपाईले कहिले सोच्नुभएको छ ? त्यसो गर्नु कतिको उचित हो ? त्यती मात्र नभइ अझै कयौं परिवारमा त परिवारका सबै सदस्यहरुले एउटै तौलिया प्रयोग पनि गरिरहेको हुन्छ । यो बानीले हामीलाई ठूलो समस्यामा पार्न सक्छ । वास्तवमा परिवारका सबै सदस्यले एउटै तौलियाले बारम्बार अनुहार पुछ्दा फोहोर हुन्छ, जसका कारण संक्रमण हुन सक्छ ।

पिम्पलको खतरा
घरमा प्रयोग हुने तौलिया हामी दिनहुँ धुँदैनौं, जसका कारण यसमा धेरै ब्याक्टेरिया र कीटाणुहर त्यसमा जम्मा हुनु स्वभाविक हो। जब तपाइँ त्यो तौलिया प्रयोग गर्नुहुन्छ, ती ब्याक्टेरियाले तपाइँको अनुहारमा आक्रमण गर्दछ । जसका कारण पिम्पल हुने गर्छ । त्यसैले तौलियालाई दैनिक केही समय घाममा सुकाउनु राम्रो हुन्छ ।

समयभन्दा पहिले चाउरीपना
हाम्रो मुख (अनुहार) को छाला अन्य भागको भन्दा केही नरम नै हुन्छ त्यसैले यसलई तौलियाले कसेर रगड्नु हुँदैन । यसो गर्नाले अनुहारको लचिलोपन र चमक समाप्त हुन्छ । जसका कारण समय अगावै अनुहारमा चाउरी पर्न थाल्छ ।

प्राकृतिक नरमपनामा हानि
अनुहारमा प्राकृतिक नरमपना हुन्छ । शरीरमा उत्पादन हुने हर्मोनका कारण यो हुन्छ । यदि हामीले रगडेर अनुहार सफा गर्छौं भने त्यो प्राकृतिक नरमपना हराउँछ । त्यसैले अनुहार धोइसकेपछि यसलाई कहिल्यै धेरै रगड्नु हुँदैन ।

हातले सुकाउनुस् अनुहार
मुख धोएपछि, आफ्नो अनुहार सफा रुमाल वा नरम तौलियाले पुछ्ने गर्नुहोस् । यसो गर्नाले अनुहारको चमक कायम रहन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button