समाचार
पहिरो पीडितलाई खाद्यान्न सहयोग-Goodnews24
सिन्धुपाल्चोक, १७ कातिक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ र ८ स्थित तिपेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लव अफ काठमाडौ फेलोसिपले २२ घर परिवारलाई चामल, दाल, नुन तेल लगायत खाद्यान्न तथा कम्बल वितरण गरेको फेलोसिपका सदस्य राजेश हिमालयले जानकारी दिनुभयो।
उक्त सहयोग वडा नं. ८ का वडाध्यक्ष सार्की तामाङको उपस्थितिमा क्लवका थ्रि टु फाइभ ए टु गर्भनर डा सुशीला मल्लले गर्नुभएको थियो । गत असारको २१ गते तिपेनीमा पहिरो जाँदा २२ घर विस्थापित भएका थिए ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]