शिक्षा स्वास्थसमाचार

हातखुट्टा हिलोले खाने समस्याको कारण र उपचार

Fungal Infection!

Gobal IME Bank

वर्षायाममा हिलोले हातखुट्टा खाने समस्याले धेरै मानिसहरुलाई सताइरहेको हुन्छ। यो समस्या खासगरी फंगल संक्रमण र एलर्जीको कारण हुने गर्छ । जुन क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको संक्रमणबाट हुन्छ ।  पानी वा हिलोमा नियमित धेरैबेर बसेर काम गर्दा हातखुट्टामा यी कीटाणुको संक्रमण हुने गर्छ ।

एलर्जीको कारण पनि हातखुट्टा खाने समस्या देखिन्छ । एलर्जीबाट भएमा यो सर्दैन भने फंगल संक्रमणाबाट समस्या भएको छ भने सर्ने सम्भावना हुन्छ । यसबाहेक हातखुट्टामा हुने छालालाई जोगाउने बाहिरी पत्र कमजोर वा पातलो भए पनि यस्तो समस्या आउँछ ।

कसलाई बढी हुन्छ ?
खासगरी पानीमा धेरैबेर काम गर्नुपर्ने व्यक्ति, किसान, तरकारी व्यापारी, माछामासु व्यवसायी, माछा मार्ने काम गर्ने व्यक्ति, केमिकलको काम गर्ने व्यक्तिलाई हिलो खाने समस्या धेरै देखिन्छ । बिहानदेखि बेलुकासम्म भान्सामा खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने काममा महिलाहरु बढी सक्रिय हुने भएकाले उनीहरुमा अझ बढी यो समस्या देखिन्छ । पानीको सम्पर्कमा नआउने व्यक्तिलाई पनि हिलोले खाने समस्या देखिन्छ । मधुमेह, बाथरोग, क्यान्सर, एचआईभी एड्स, अंग प्रत्यारोपण गरेका बिरामी, अन्य दीर्घरोगीमा पनि यस्तो समस्या देखिन्छ ।

लक्षणहरु
हात र खुट्टाको कापकापमा एकदमै चिलाउने, छालाको कत्ला निस्किने, छाला रातो हुने, पानीको फोका उठ्ने सेतो पाप्रा जम्ने, औंलाहरु सुन्निने र दुख्ने आदि यसका लक्षण हुन् ।

उपचार
हातखुट्टा हिलोले खाएको उपचार औषधिबाट हुन्छ । सबैभन्दा पहिले के कारणले भएको हो भन्ने छालारोग विशेषज्ञलाई जाँच गराउनुपर्छ । फंगल संक्रमण वा एलर्जी कुन कारणले भएको हो त्यही अनुसार उपचार गरिन्छ । तर यदि यसमा अन्य ब्याक्टेरियाको संक्रमण भए घाउ पाक्ने, सुन्निने जोखिम हुन्छ । यस्तो भयो भने शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ ।

कसरी बच्ने ?
सम्भव भए पानीमा कम काम गर्ने अथवा पानीमा काम गर्दा हातमा रबरको पञ्जा र खुट्टामा बुट लगाएर काम गर्ने गर्नुपर्छ । बेलुका मोइस्चराइजर क्रिम, तेल लगाएर सुत्ने । यसबाहेक हिलो पानीमा पसेर काम गर्नुपरेमा हात, खुट्टा र औंलाको कापमा भ्यास्लिन, तेल वा कुनै मोइस्चराइजर दल्नुपर्छ । पसिना सोस्ने खालको मोजा लगाउने, खुट्टा धोएपछि पुछ्ने गर्नुपर्छ ।- Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button