समाचारसूचना प्रविधि

गुगल लेन्सबाटै आफ्नो छाला परीक्षण गर्न सकिने

Gobal IME Bank

एजेन्सी । गुगल लेन्समा नयाँ फिचर थप गरिएको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो छालामा भएको समस्याको विषयमा अथवा आफ्नो छालाको अवस्था कस्तो छ भनेर थाहा पाउन सक्नेछन् ।

अब गुगल लेन्स प्रयोगकर्ताले आफ्नो छालाको फोटो खिचेर गुगल लेन्समा सर्च गर्दा आफ्नो छालाको अवस्थाको विषयमा जानकारी पाउन सक्नेछन् ।

कहिलेकाही आफ्नो छालामा भएको समस्याको विषयमा गुगलको खोज्नको लागि अक्षर टाइप गरेर मात्र मिल्दैन । आफ्नो समस्या ठ्याक्कै भन्न नमिल्ने अवस्था पनि हुन्छ । यो समस्यालाई समाधान गर्दै कम्पनीले गुगल लेन्समा नयाँ फिचर थप गरेको हो ।

यसले छालामा भएका समस्याको विषयमा जानकारी दिनेछ । यो फिचरको प्रयोग गर्दा गुगल लेन्समा सर्च गर्दा मिल्दोजुल्दो तस्वीरहरू देखाउने गर्छ ।

गुगल लेन्सको मद्दतले स्किन चेक गर्नको लागि गुगल ऐपबाट फोटो क्लिक गरी ग्यालरीमा अपलोड गरी आफ्नो स्किनमा समस्याको बारेमा जानकारी पाउन सकिन्छ । यो फिचरको फाइदा भनेको छाला विशेषज्ञकोमा परामर्शको लागी जाँदा आफ्नो छालाको बारेमा पर्याप्त जानकारीको साथ जान सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button