Grace Computer Jawalakhel
समाचार

बाँझो जमिन प्रयोग गरेमा अनुदान – GoodNews24

हेटौँडा । पाँच वर्षभन्दा बढी अवधिदेखि बाँझो रहेको खेतीयोग्य जमिनको पुनःप्रयोग गर्न मकवानपुरगढी गाउँपालिकाले भू–उपयोग कार्यविधि कार्यान्वयनमा ल्याएको छ । विभिन्न कारणले बाँझिएका खेतबारीलाई खनजोत गरी प्रयोगमा ल्याउन खेतीको प्रकृति हेरेर अनुदान रकम उपलब्ध गराइने गरी कार्यविधि पास भएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो । कोरोनाको जोखिमले गाउँ फर्किएका एवं फर्कन चाहने नागरिकलाई लक्षित गर्दै यसअघि नै निर्माण गरिएको कार्यविधिलाई संशोधन गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले युवालाई कृषिमा आकर्षित गर्न तालिमसहित कृषि उद्यम गर्न लाग्ने बीउपूँजीसमेत उपलब्ध गराउने नीति लिएको छ । आर्थिकरुपमा विपन्न परिवारका १०० जना युवालाई पहिलो चरणमा तालिमसहित खेतीपाती तथा पशुपालनमध्येको कृषि उद्यमका लागि प्रोत्साहन बीउपूँजी सहयोग उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

कार्यविधिअनुसार विगतदेखि बाँझो रहेको जग्गामा फलफूल खेती गर्ने किसानलाई प्रतिरोपनी रु दुई हजार, अन्नबाली, तरकारी तथा थोरै सङ्ख्यामा पशुपालन गर्नेलाई प्रतिरोपनी रु तीन हजार तथा कम्तीमा ३० भन्दा बढी बाख्रा, पाँचभन्दा बढी गाई, १० वटाभन्दा बढी बङ्गुर पालन गर्ने किसानलाई रु एक लाखसम्म अनुदान उपलब्ध गराइने छ । त्यस्तै माछा पालन गर्नेलाई पोखरी निर्माणका लागि प्रतिरोपनी रु १५ हजार, मौरी पालन गर्नेलाई प्रतिघार रु पाँच हजार, जडीबुटी खेती गर्नेलाई प्रतिरोपनी रु तीन हजार अनुदान रकम उपलब्ध गराइने छ ।

कार्यविधिअनुसार खेतीयोग्य जमिन बाँझो राख्नेहरुलाई भने भूमिकर वृद्धि, पालिकामार्फत उपलब्ध हुने सेवा रोक्का, बाँझो जग्गा अधिग्रहण गरी भूमि बैंकमा दाखिला तथा मोहीलाई हस्तान्तर गरी दण्डितसमेत गरिनेछ ।

गाउँपालिकाका अध्यक्ष हुमागार्इंले स्थानीय नागरिकलाई अनुदान प्राप्त गर्न वडा कार्यालय हुँदै गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गर्नुभयो । “गाउँमा फर्कौं गाउँमा नै उद्यमी बनौँ, शहरमा बसाइँ जाने हैन शहरका सुविधा क्रमैसँग गाउँमा ल्याऔँ, जग्गा बाँझो नराखौँ र स्थानीय सरकारले उपलब्ध गराउने प्रोत्साहन प्राप्त गरौँ”, उहाँले गाउँवासीलाई आग्रह गर्नुभयो । समृद्धि कृषि पेशा र गाउँबाट मात्र सम्भव हुने उहाँको भनाइ छ ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button