समाचार

ग्रामीण भेगमा बिजुली विस्तार

Gobal IME Bank

तनहुँ । तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् ।

उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण गगनगौडाको सहयोगमा उक्त ठाउँका ५६ घरधुरीमा विद्युतीकरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । विद्युतीकरणका लागि उक्त ठाउँमा रु चार लाखको लागतमा २६ वटा पोल व्यवस्थापन गरिएको छ ।

त्यस्तै प्रसारण लाइनका लागि गाउँपालिकाले रु ११ लाख लगानी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार बिजुली सुविधा नपुगेका अन्य ठाउँमा पनि क्रमशः विद्युतीकरण गर्दै जाने गाउँपालिकाको अभियान रहेको छ । मैनबत्ती र टुकीको भरमा बस्नुपरेको अवस्थामा पहिलोपटक बिजुली बाल्न पाइएको स्थानीयवासी कुमारी परियारले बताउनुभयो ।

कान्छे विद्युतीकरणको बिहीबार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गर्दै गाउँपालिकाको विकासको अभियानमा अगाडि बढेको बताउनुभयो ।

केही समय अगाडि मात्रै सोही गाउँपालिका–४ भिरकोटका ३५१ घरधुरीमा बिजुली बलेको थियो । पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे, डिहीगाउँमा बिजुली विस्तारका लागि गाउँपालिकाले रु ८० लाख लगानी गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरी अझै पनि अन्धकारमा छन् ।

वितरण केन्द्रले गत वर्ष आँबुखैरेनी, बन्दीपुर, ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । एघार केभीको ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमि लाइन विस्तार गरिएको छ । बिजुली विस्तारका लागि केन्द्रले गत वर्ष रु तीन करोड लगानी गरेको थियो ।

वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण गरिएको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमि दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइने छ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइने छ ।

त्यस्तै बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिं मार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिनेछ । कार्यालयले आर्थिक वर्ष ०७५÷७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button