मुख्य समाचारसमाचार

किसानलाई नगरपालिकाद्वारा प्रोत्साहनस्वरुप गोरु पाल्न अनुदान 

Gobal IME Bank

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरका गोरुपालक कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ ।

नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । नगपालिकाले ७७६ बढी किसानलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान वितरण गरेको हो ।

नगरपालिकाले कृषि क्षेत्रलाई अग्र्यानिक प्रर्वद्धन गर्ने उद्देश्य स्वरुप गोरुपालक किसानहरुलाई अनुदान दिएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो । उहाँले नगरपालिकाले किसानलाई अनुदान मात्रै नभएर गोरुको अनिवार्य  बीमासहित अनुदान दिने बताउनुभयो ।

उहाँले नगरपालिकाले कृषकलाई मात्र नभइ समग्र नगरपालिकालाई नै विकास गर्न विभिन्न खालका नयाँनयाँ कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले अहिले नगरपालिकाले निःशुल्क शिक्षा समेत कार्यान्वयन गर्दै आएको बताउनुभयो ।

त्यस्तै,नगरपालिकाका किसान जितमान तामाङले गाउँमा बस्ने किसानहरुको कतै जागिर नहुने भएकाले गाउँको बारीमा जोत्ने खान पालिकाले प्रोत्साहन गरेकामा खुशी रहेको बताउनुभयो । उहाँले नगरपालिकाले दिएको पैसाले गोरु बिरामी हुँदा दबाइमुलो गर्न र बाली किन्न सजिलो हुने गरेको बताउनुभयो । अर्का कृषक ललितबहादुर बुढाथोकी र शिवप्रसाद तिमिल्सिनाले मेसिनलाई भन्दा गोरुहरुलाई प्रोत्साहान गरेकोमा खुशी लागेको बताउनुभयो ।

नगरपालिकाले अनुदानस्वरुप ८० लाख बढी खर्च हुने अनुमान गरेको छ । नगरपालिकाले किसानको अपेक्षा अनुसार प्रोत्साहन अनुसार अनुदान दिएको हो । पालिकाले कृषिलाई लक्षित गरी आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौँरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ । पालिकाले २ करोड ५० लाख बढी रकम कृषिमा छुट्याएको छ । पालिकाको मुख्य पेशा कृषि, माथिल्लो क्षेत्रमा स्याउ, आलु, मकै, गहुँ, टमाटार, अलि तल्लो भेगमा धान खेती पनि हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button