Grace Computer Jawalakhel
मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के हो शरिरमा हुने गुड ब्याक्टेरिया ? कसरी बढाउने गुड ब्याक्टेरियाको मात्रा ?

काठमाडौँ । खाना खाई सकेपछि हाम्रो पेटमा यी खानाहरु समावेश हुन्छन् जसको कारणले गर्दा हाम्रो शरीरलाई प्रोटिन प्राप्त हुन्छ । हाम्रो भोजन पचाउनको लागि हाम्रो पेटमा हुने ब्याक्टेरियाले अहम् भुमिका निभाउँछ । त्यसैले हामी यसलाई गुड ब्याक्टेरिया भन्ने गर्छौ । हाम्रो शरीरको पाचन प्रणालि स्वस्थ रुपमा रहन र शरीरले पोषक तत्व पाओस् भनेर आँतमा गुड ब्याक्टेरिया धेरै संख्यामा आवश्यक हुन्छ । हाम्रो देशमा धेरै मानिसहरु ग्यास, एसिडिटी र अपचको कारण समस्या भोगी रहेका हुन्छन् । त्यसै गरी लिभरमा भएको एक स्टडीमा देखाए अनुसार अपचको कारण खतरा अझ बढेको छ ।

हाम्रो आँतमा ४० ट्रिलियन ब्याक्टेरिया हुन्छन् जसले हाम्रो खानालाई पचाउने काम गर्छ । केही खानाहरु हुन्छन् जसले हाम्रो आँतको यी ब्याक्टेरियाहरुलाई ज्यादा मात्रामा नोक्सान गरिरहेको हुन्छ जसले गर्दा पाचन सम्बन्धी धेरै समस्याहरु आइरहेको हुन्छ । त्यसैले हामीले ब्याक्टेरियालाई नघटाउने किसिमको खानाहरु सेवन गर्नु पर्छ । हाम्रो पेटमा गट माइक्रोब्सको संख्या नघटाउनको लागि विभिन्न प्रकारको खानाको सेवन गर्नु लाभदायी हुन्छ । पढ्नुहोस् हाम्रो पेटमा भएको गुड ब्याक्टेरियाको संख्या नघटाउने किसिमको खानाहरुको के के हुन्?

१) होल ग्रेन
सबै अनाजहरु हाम्रो पुरा शरीरको स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसमा सोल्यूबल डाइट्री फाइबर ज्यादा मात्रामा हुन्छ जुन हाम्रो पेटको ब्याक्टेरियाको लागि निकै फाइदाजनक हुन्छ । यसले ब्याक्टेरियाको वृद्धि हुन्छ । अनाज मतलब ज्वार, भाटा, कोदो, चना, मुंगी आदि हुन्। यसलाई पानीमा भिजाएर सेवन गर्दा धेरै फायदा हुन्छ ।

२)फूलगोभी
फूलगोभी पेटको ब्याक्टेरियाको लागि धेरै फाइदाजनक हुन्छ । यसमा फाइबर र धेरै प्रकारको एन्टिअक्सिडेन्टहरु हुन्छ जसले ब्याक्टेरिया बढाउन मद्दत गर्छ । फूलगोभीमा क्यान्सररोधि तत्व पनि पाइन्छ ।

३) स्याउ
स्याउको साथ साथै ब्लूबेरी, बदाम र पिश्ताले बायोफिडोब्याक्टेरियाको संख्या बढाउन महत्वपुर्ण भूमिका निर्वाह गर्छ । बायोफिडोब्याक्टेरिया हाम्रो शरीरको लागि निकै फाइदाजनक ब्याक्टेरिया हो जसले आँतमा सुजन हुन दिदैन जसले धेरै किसिमको रोगहरुको जोखिमलाई कम गर्छ ।

४)फर्मेन्टेडे फुड
फर्मेन्टेड फुड जस्तै बटर, दही, किमची, गालेको अचार इत्यादि पर्छ यी खानाहरुलाई प्रोबायोटिक भनिन्छ। यी खानामा पहिले नै गुड ब्याक्टेरिया पाइन्छ जसले पेटमा गएर लाभदायक ब्याक्टेरियाको संख्या बढाउने काम गर्छ । यसप्रकारको खानाहरुमा ल्याक्टोबेसिल नामक ब्याक्टेरिया पाइन्छ जुन हाम्रो शरीरको लागि फाइदाजनक हुन्छ ।

५) प्लान्ट बेस डाइट
पेटको लागि प्लान्ट बेस डाइट निकै फाइदाजनक हुन्छ । यी खानाहरुले हाम्रो पेटमा विभिन्न प्रकारको ब्याक्टेरियाको ग्रोथलाई बढावा दिने काम गर्छ । प्लान्ट बेस डाइटमा होल ग्रेन, अनाज, दालहरु, मटर, फल, ड्राई फ्रूट आदि पर्छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button