समाचार

होटल-रेष्टुरेन्टले होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने-GoodNews24

Gobal IME Bank

टेक अवे तथा होम डेलिभरी मार्फत सेवा दिने गरी होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ। होटल तथा रेष्टुरेन्ट खोल्न पाईने छैन, तर अनलाईन मार्फत आएका अर्डरलाई टेक अवे अथवा होम डेलिभरीको माध्यमबाट ग्राहकलाई बिक्री गर्न सकिन्छ। नयाँ मापदण्ड अनुसार दिउँसो १ बजेदेखि बेलुकाको ७ बजेसम्म मात्रै होमडेलिभरी तथा टेक अवे सेवा प्रदान गर्न पाइन्छ ।

ग्राहक आउने र बस्ने सेवा पूर्ण रुपमा बन्द गरेर भित्रै वस्तु उत्पादन गर्ने र होम डेलिभरी तथा टेक अवे मार्फत ग्राहकलाई पुर्‍याउने गरी यस्तो व्यवस्था गरिएको हो । त्यस्ता सेवा दिन चाहने व्यवसायीले टेक अवेको साधन तथा होम डेलीभरीकर्ताको विवरण भने प्रशासनमा बुझाउनु पर्छ।

डेलीभरी गर्ने व्यक्ति वा टेक अवे सेवामा रहेका व्यक्तिको पीसीआर रिपोर्ट अनिवर्य नेगेटिभ हुनु पर्नेछ भने सरकारको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्नुपर्ने छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button