समाचार

अपाङ्गता भएका दम्पतीको घर निर्माणका लागि सहयोग-GoodNews24

Gobal IME Bank

माण्डवी गाउँपालिका—३ नयाँगाउँका बोल्न सक्ने क्षमता गुमाएका एक दम्पतीको घर निर्माणका लागि सहयोग रकम जुटन थालेको छ । जन्मजात रुपमा बोल्न सक्ने क्षमता गुमाएका ४५ वर्षीय एकराज अधिकारी र उहाँकी ४६ वर्षीया श्रीमती रेशमाको घर निर्माणका लागि विभिन्न व्यक्तिबाट अहिलेसम्म रु३० हजार एक सय प्राप्त भएको छ । सो कार्यका लागि विभिन्न व्यक्तिले रु १५ हजार दिने प्रतिबद्धता जनाएकोे सामाजिक अभियानकर्मी हरि बस्नेतले जानकारी दिनुभयो । “यहाँका विभिन्न व्यक्तिबाट घर निर्माणका लागि आवश्यक ग्रिल र रङ्ग ९पेन्ट० लगायत सामग्री उपलब्ध गराउने प्रतिबद्धता आएको छ”, उहाँले भन्नुभयो, “अबको केही दिनमा अधिकारी दम्पतीको घर निर्माणको काम शुरु गर्छौं ।”

आर्थिक रुपमा विपन्न अधिकारी दम्पतिका दुई छोरा र एक छोरी छन् । जेठो छोरा १५ वर्षीय आकाश अधिकारी कक्षा ९, माइलो छोरा १२ वर्षीय विकास अधिकारी कक्षा ६ र छोरी ७ वर्षीया करिष्मा अधिकारीले कक्षा २ मा पढ्छन् । छोरीछोरीले राम्रो अध्ययन गरेपनि बाबुआमा बोल्न नसक्ने भएपछि परिवारमा समस्या भएको स्थानीयवासीको भनाइ छ ।

अधिकारी दम्पतीको आफ्नै घर छैन् । कान्छो भाइले आफ्नो घरसंगै जोडिएको दुई कोठे पालीमा पाँच जनाको परिवार बस्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरुको दैनिकी ज्याला मजदूरीको भर चल्दै आएको छ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button