मुख्य समाचारसमाचार

खोटाङमा रहेको आयोगको कार्यालय बन्द नगर्न मानव अधिकार आयोगलाई आग्रह

Gobal IME Bank

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई खोटाङमा रहेको आयोगको कार्यालय बन्द नगर्न आग्रह गरिएको छ ।

दिक्तेल रुपाकोट सझुवागढी नगरापालिका नगरप्रमुख तीर्थराज भट्टराईसहितको समूहले आज आयोगको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष मगरलाई उक्त स्थानको कार्यालय नहटाउन आग्रह गरेको हो ।

आयोगका अध्यक्ष मगरले उक्त स्थानमा कार्यालय हटाउने विषयमा आयोगले नसोचेको र त्यहाँ कार्यालय जरुरी भएको विषयमा स्थानीयले नै ध्यानाकर्षण गराउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

खोटाङमा रहेको उपक्षेत्रीय कार्यालय हटाउने आयोगको आन्तरिक तयारी रहेको थाहा पाएपछि आज ध्यानाकर्षण गराइएको सो क्षेत्रका नगरप्रमुख भट्टराईले बताउनुभयो । आयोगको उक्त कार्यालयको आफ्नै जमिन रहेको छ भने उक्त कार्यालयको कार्यक्षेत्र खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुर रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button