समाचार

अन्तराष्ट्रिय लेखा दिवस मनाइयो

Gobal IME Bank

International Accounting Day 1

कार्तिक २४, काठमाण्डौ, अन्तराष्ट्रिय लेखा दिवसको अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रभातफेरी कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय लेखा दिवस मनाइएको छ । काठमाडौंमा विहान संस्थाका पार्षद तथा पूवअध्यक्षज्युहरुको उपस्थितिमा संस्थाका उपाध्यक्ष सिए. मदन कृष्ण शर्माले सुभारम्भ गर्नु भएको प्रभातफेरी भृकुटीमण्डपबाट शुरु भएर शहरका विभिन्न स्थान परिक्रमण गरि भृकुटीमण्डप मै गएर समापन भएको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखाको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरुलाई उजागर गर्ने तथा लेखा शिक्षा सम्बन्धि नवीन अवधारणाहरुको विषयमा छलफल गर्ने हो । लेखाका विद्यार्थीहरुलाई प्रोत्साहन गर्न र लेखा शिक्षाको प्रचारप्रसार गर्न काठमाडौं लगायत देशका अन्य सहरहरु पोखरा, विराटनगर, बुटवल तथा विरगंजमा लेखा दिवस यस्ता कार्यक्रमद्वारा सम्पन्न भएको छ ।समापन समारोहमा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति माननीय भरत कुमार शाह प्रमूख अतिथि रहनु भएको थियो भने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्मा विशेष अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि शाहले लेखाको महत्वको बारेमा प्रकाश पार्दै सार्वजनिक लेखासमितिको भूमिकाको बारेमा शिक्षा तथा समग्र संस्थाको विकाश र सहकार्यमा आवश्यक सहयोग गर्न आंफू तयार रहेको उल्लेख गर्नु भएको थियो ।

विशेष अतिथि प्रा. डा. डिल्लीराज शर्माले अहिलेको लेखा शिक्षाको बारेमा उल्लेख गर्दै र यस शिक्षालाई समयानुकुल बनाउन संस्थासंगको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बारेमा उल्लेख गर्नु भएको थियो साथै उठेका कतिपय विषयहरुमा छलफलबाट समाधान गर्न विश्वविद्यालय तयार रहेको कुरा उल्लेख गर्नु भयो । संस्थाका उपाध्यक्ष सिए. मदन कृष्ण शर्माले उपस्थित सबैलाई स्वागत गर्दै लेखा शिक्षा तथा पेशाको समाज संस्था र देशको सुशासन एबं बिकासमा ठूलो भूमिका रहने उल्लेख गर्नु भयो कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका निवर्तमान अध्यक्ष तथा पार्षद सिए. जगन्नाथ उपाध्याय निरौलाले गर्नुभएको थियो भने संचालन संस्थाका निमित्त कार्यकारी निर्देशक विनोद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पार्षदहरु, पूर्व अध्यक्षहरु, वरिष्ठ शिक्षाविद्हरु, संस्थाका सदस्यहरु, संस्थाका विद्यार्थीहरु, कर्मचारीहरु लगायत गरि करिव ८०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

International Accounting Day

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button