मनोरञ्जनसमाचार

नेपाल आउँदै बलिउड गायक कैलाश खेर

Kailash Kher

Gobal IME Bank

काठमाडौंँ । बलिउड गायक कैलाश खेर नेपाल आउने भएका छन् । अगामी भदौ २९-१५ सेब्टेम्बरमा होटल सोल्टीको क्लब प्राइभमा आयोजना हुन लागेको ‘कैलाश खेर लाइभ’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुति दिनका लागि कैलाश खेर नेपाल आउन लागेका हुन् ।

फेलिज इन्टरनेशनल इभेन्ट र वीस इन्टरटेनमेन्टको सहयोगमा आइलाइभ इन्टरटेनमेन्टको आयोजना रहने कार्यक्रमा गायक खेरले आफ्ना हिट गीत ‘ए रम्बा’, ‘तुझे मे प्यार करु’, ‘गल्ली गल्ली चोर हे’, ‘कैसी हे ए उदासी’ लगायतका करिब दर्जनौँ हिट गीत संगीत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा नेपालका गायक गायिकाले पनि प्रस्तुती दिने छन् । गायक खेरका नेपालमा थुप्रै फ्यानहरु छन् । नेपाली फ्यानलाई उनको गीत संगीतमा प्रत्यक्ष रमाउने अवसर प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको आयोजक फेलिज इन्टरनेशनल इभेन्टका सिइयो साहिल खानले जानकारी दिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button