गुड न्यूज 24मुख्य समाचारसमाचार

लोकसेवाद्वारा कर्मचारीको माग गर्दै विज्ञापन प्रकाशित

Lok Sewa

Gobal IME Bank

काठमाडौँ। लोक सेवा आयोगले सहसचिव, उपसचिव र अधिकृत स्तरमा पदपूर्तिका लागि आन्तरिक तथा खुलातर्फ ठूलो संख्यामा आवेदन खुल्ला गरेको छ । बिहीबार सरकारी अखबार गोरखापत्रमा आयोगले स्वास्थ्य सेवाका एघारौं र नवौं तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत प्रथम श्रेणी पदको आन्तरिक प्रतिस्पर्धा तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको हो ।

सूचना अनुसार राजपत्राङ्कित प्रथम श्रेणी (सचिव वा सो सरह) अप्राविधिकतर्फ आन्तरिक प्रतिस्पर्धातर्फ न्याय सेवा र सरकारी वकील १–१ जना माग गरिएको छ । परराष्ट्रमा पनि आन्तरिकतर्फ १ जना मात्र र प्रशासनमा ९ जना माग गरिएको छ ।

प्रथम श्रेणीको लेखापरीक्षक पनि १ जना मागिएको छ । खुलातर्फ न्याय कानून, सरकारी वकिल १–१ जना माग हुँदा प्रशासनमा २ जना माग गरिएको छ । प्राविधिकतर्फ प्रथम श्रेणीका लागि आन्तरिकमा पनि ५ र खुलामा पनि समान ५ जनाका लागि विज्ञापन दिइएको छ ।

स्वास्थ्य सेवा एघारौं तह (सहसचिव वा सो सरह) मा आन्तरिकतर्फ ९ जना माग गर्दा खुलामा ३ जना माग गरिएको छ । राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिव वा सो सरह अप्राविधिकतर्फ आन्तरिक प्रतिष्पर्धामा न्याय, कानून तथा सरकारी वकील गरेर १२ जना माग गरिएको छ ।

आन्तरिकतर्फ सामान्य प्रशासनमा १९ जना, लेखामा ६, राजस्वमा ३ र लेखापरीक्षणमा २ जना माग गरिएको छ । खुलातर्फ न्याय, कानून र सरकारी वकिल गरेर ७ जना, परराष्ट्रमा १, सामान्य प्रशासनमा ६, लेखामा २ र राजस्वमा ३ जना माग गरिएको छ । यस्तै, प्राविधिकतर्फ द्वितीय श्रेणी आन्तरिकमा १३ जना र खुलामा ६ जना माग गरिएको छ । स्वास्थ्य सेवाको नवौं तहमा आन्तरिकतर्फ कुल ३७ जना र खुलातर्फ १४ जना माग गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button