शिक्षा स्वास्थसमाचार

लो ब्लड प्रेसर को उपचार कसरी गर्ने ?

Low Blood Pressure

Gobal IME Bank

काठमाडौँ। प्राय हामीले धेरै रोगहरुलाई सामान्य मानेर त्यसको उपचारमा त्यति ध्यान दिँदैनौँ । त्यस मध्ये एउटा रोग हो– न्यून रक्तचाप ।

बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ । भने यसलाई हाइपोटेन्सनको नामले पनि चिनिन्छ । धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा गर्दैनन्।

लो ब्लड प्रेसरको सामान्य लक्षणहरू चक्कर लाग्नु, शरिर कमजोरी हुनु, आँखा धमिलो भएको जस्तो महसुस हुनु र सास फेर्न गाह्रो हुनु आदि हुन् । कम रक्तचापको समयमै उपचार नपाएमा हृदयघात, स्ट्रोक र मृगौला सबन्धी रोगको सामना गर्नुपर्ने हुनसक्छ । लो ब्लड प्रेसरको समस्या घरमा पनि सामान्य तरिकाले घरेलु उपायको मद्दतले समाधान गर्न सकिन्छ।

डिहाइड्रेसनः हाम्रो शरीरमा पर्याप्त मात्रामा पानी नपुग्दा रगतको मात्रा कम हुन थाल्छ । जसका कारण मुटुले रक्तनलीहरू मार्फत रगत पम्प गर्न कडा परिश्रम गर्नुपर्ने हुन्छ र हाम्रो शरीरमा रक्तचाप घट्छ । डिहाइड्रेसनबाट बच्न प्रशस्त पानी पिउने गर्नुहोस् ।

क्याफिनः क्याफिनको सही मात्राले रक्तचापलाई स्थिर राख्न मद्दत गर्छ । यसका कारणले ब्लड प्रेसर लो भएको बिरामीले आराम महशुश गर्छ ।

गर्भावस्थाः गर्भावस्थाको समयमा पनि रक्तचाप घटेको हुन्छ । यद्यपि समस्या यो समयका लागि भने सामान्य हो ।

तुलसीको पातः तुलसीको पातमा धेरै पोषक तत्त्वहरूको पाइन्छ। यसमा म्याग्नेसियम, पोटासियम र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा युजेनोल नामक एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button