मुख्य समाचारसमाचार

राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकताः सांसद गौतम

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।

बिहीवार शपथग्रहण प्रश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताउनु भयो । उहाँले आफूहरु कानूनी निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा संसदमा आवाज उठाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संसदमा सोविता गौतम मात्रै होइन । राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्र हीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय भएर लागिरहने छ । यसरी नै संसदमा देख्नुहुने छ । कानून निर्माण गर्ने ठाउँमा आएका छौं । हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा वकालत गर्नेछौं । संसदले बनाउने नीति नियमहरु नेपाली जनताको पक्षमा हुने किसिमले काम गर्नेछौं । सरकारमा जाने नजाने विषयमा पार्टीभित्र छलफल हुँदैछन्। प्रश्न छिटो भए जस्तो लाग्छ ।’

उहाँले तत्काल सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button