मनोरञ्जनसमाचार

माधुरी दीक्षितको फिटनेस रुटिन, कसरी छिन् यति फिट ?

Gobal IME Bank

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितको चर्चित फिल्म हेर्दै हामी हुर्किएको हौँ । उहाँको ‘एक दो तिनु, ‘धक धक’ र ‘चोलिके पिछे’ जस्ता गीतहरु सुन्दै र यी गीतहरुमा नाँच्दै हामी हुर्किएका हौ । माधुरीलाई बलिवुडमा ‘धक धक गर्ल’ भनेर चिनिन्छ र अझै पनि उहाँको करोडौ फ्यानहरु छन् । सबैको मनमा बस्न सफल माधुरी ५५ वर्षको उमेरमा पनि निकै फिट र जवान हुनुहुन्छ। उहाँ एक कुशल कलाकार हुनुका साथै निकै राम्रो नृत्याङ्गना पनि हुनु हुन्छ । उहाँले एउटा अन्तरवार्तामा नृत्य आफ्नो लागि एक जोस हो भनेर बताउनुभएको थियो र यसले उहाँलाई आध्यात्मिक उच्चता दिने कुरा पनि बताउनु भएको थियो ।

आजसम्म पनि उहाँको फिटनेस प्लानमा नृत्य समावेश छ। नृत्य उहाँको मन पर्ने व्यायाम हो। उहाँ घरमा हप्तामा ४ देखि ५ पटक कथक अभ्यास गर्नु हुन्छ। माधुरी दिक्षीतलाई जिम जान त्यति मन पर्दैन । उहाँ हप्तामा २ देखि ३ पटक हल्का कसरत भने गर्नु हुन्छ जसमा कार्डियो र योग समावेश छन्। उहाँ पर्याप्त मात्रामा सुत्नुपर्छ भन्ने विश्वास गर्नु हुन्छ । खुसी रहनु उहाँको स्वस्थ जीवनको राज हो।

माधुरी दीक्षितको डाईट पनि जटिल किसिमको छैन। उहाँ दिनभरि समय समयको अन्तरालमा ५, ६ पटक थोरै थोरै खान खाई राख्नु हुन्छ । उहाँले आफ्नो दैनिक आहारमा धेरै फलफूल र तरकारीहरू समावेश गर्नु हुन्छ।

उहाँ तेल कम भएको, बोसो नभएको खानेकुरा, भिटामिन, मिनरल्स, कम कार्बोहाइड्रेट र उच्च गुणस्तरको प्रोटिनयुक्त खानेकुरालाई प्राथमिकता दिनुहुन्छ । साथै अत्यावश्यक पोषक तत्त्वहरूको सप्लिमेन्ट पनि लिने गर्नु हुन्छ।
माधुरीलाई महाराष्ट्रीयन खाना मन पर्छ र जापानी खानामा पनि उहाँ रुचि राख्नुहुन्छ। उहाँको आहारको तालिका सन्तुलित छ किनभने उहाँ कार्बोहाइड्रेट र प्रोटिनयुक्त खानमा ध्यान केन्द्रित गर्नु हुन्छ।

बिहान ओट्स वा टोस्टसँग तिन वटा अण्डाको सेतो भाग र एक कप चिया खाने गर्नु हुन्छ माधुरी । बिहानको खानामा नटस् वा फलफूलको साथ दही खान रुचाउनु हुन्छ। त्यसपछि उहाँ चिकन, तरकारी र रोटी खानु हुन्छ, साँझ उहाँ फेरि अण्डाको सेतो भाग र एक कप चिया खाने गर्नु हुन्छ।

डिनरमा उहाँ सलाद र तरकारीसँग ग्रील्ड माछा वा चिकन खाने गर्नु हुन्छ । उहाँ हरेक सोमबार नरिवलको पानी खाने गर्नु हुन्छ। माधुरी सबैलाई समय समयमा थोरै थारै खाने कुरा खाई रहन, प्रोटिनयुक्त खानेकुराहरूमा जोड दिन र प्रशस्त पानी पिउन सल्लाह दिनु हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button