समाचार

मानव अधिकार सहायता कक्ष स्थापना-GoodNews

Gobal IME Bank

सुर्खेत २४, भाद्र: कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ । जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितलाई सहयोग गर्ने उद्देश्यले सो सहायता कक्ष स्थापना गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा उक्त कक्ष स्थापना गरिएको हो ।

सहायता कक्ष सञ्चालनका लागि विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा गैसस महासङ्घका टीकाराम आचार्य, अधिकारकर्मी मधुरानी ढकाल, खगिसरा ओली, पत्रकार महाङ्सघका दिपेन्द्र शर्मा, नेपालबारका उत्तम आचार्य, राष्ट्रिय अपाङ्ग महाङ्सघका विष्णुप्रसाद शर्मा र इन्सेक प्रतिनिधि टीका विष्ट सदस्य रहनुभएको छ । सहायता कक्षबाट जोखिममा परेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितलाइ कानुनीसँगै आर्थिक सहायता पाउने छन् । मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडित भएर जोखिममा परेकाले उनीहरूको सहयोगका लागि सहायता कक्ष स्थापना गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । —

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button