शिक्षा स्वास्थसमाचार

दूध चियाको डरलाग्दा साइड इफेक्टहरू – GoodNews24

Gobal IME Bank

चिया प्राय मानिसहरुको मन पर्ने पेय पदार्थ हो । अझ कतिपयको त छोड्नै नसक्ने चियाको लत लागेको हुन्छ । यहाँ कम नै होलान जो चिया पिउदैनन । बिशेस गरि जाडोमा चिया अनिवार्य जस्तै नै हुन्छ । दिनको सुरुवात चियाबाट ,पाहुनालाई स्वागत चियाले नै ,साथी भाइ भेट्दा चिया गफ – यो हाम्रो संस्कार जस्तै नै बनेको छ । आज संसारमा सबैभन्दा लोकप्रिय स्वास्थ्य पेय मध्ये एक चिया हो, किनकि नियमित मात्रामा सेवन गर्दा यसले शरीरको लागि असंख्य फाइदाहरू पनि दिन्छ । यो एन्टी-इन्फ्लेमेटरी गुणहरूले भरिपूर्ण छ , चियामा त्यस्तो तत्वहरू छन् जुन तपाईंलाई आराम गर्न मद्दत गर्दछ र समग्रमा धेरै एन्टिआक्सीडन्टहरू र रगत शुद्धीकरण गर्ने पदार्थहरूले भरिएको हुन्छ।

जब तपाई धेरै चिया पिउनुहुन्छ, यो स्वास्थ्यको लागि धेरै खतरनाक बन्न जान्छ । यसले शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ, विशेष गरी जब तपाईं कालो चिया भन्दा बढी दुध चिया सेवन गर्नुहुन्छ। ठिक्क चिनीको मात्रा राखेर कालो चिया पिउनुले स्वास्थ्यमा फाइदा पुर्याउँछ तर चिनी बढी राख्ने र सधै दुध चिया पिउनेहरुले अब सोच्नै पर्छ किन भने दुध चियाका धेरै खतरनाक साइड इफेक्ट हुन्छन ।

कसरी दूध चिया तपाईंको स्वास्थ्य को लागी हानिकारक हुन सक्छ ?
दुध चिया नेपाल, भारत, ताइवान, भियतनाम, र कम्बोडिया जस्ता देशहरूमा प्रमुख मानिन्छ ।  यहाँ दूध चियाका ६ साइड इफेक्टहरुको बारेमा चर्चा गर्नेछौ जसले तपाइँको स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ।

१। अनिद्रा
कफीमा जस्तै, चियामा पनि विशेष गरी कालो चियामा प्रयोग गरिने चियापत्तिमा क्याफिनको मात्रा बढी हुन्छ । जब तपाईंको शरीरमा क्याफिनको मात्रा ओभरलोड हुन्छ यसले अनिद्रा र निन्द्रा गडबडी जस्तो स्वास्थ्य समस्या निम्त्याउन सक्छ। तर थोरै परिमाणमा चिया सेवन गर्नाले यस्तो हुदैन। दिनमा दुई कपभन्दा बढी चिया पिउँदा प्रमुख निद्राका समस्याहरू हुन सक्छन् । अझ दुध चिया पिउदा यो समस्या देखिने सम्भावना बढी हुन्छ ।

२। तनाव
केमोमाइल जस्ता केही चियाहरू आराम दिने गुणहरूको लागि परिचित छन्। कहिलेकाँही धेरै दुध चिया पिउँदाको साइड इफेक्ट पनि चिन्ताको विषय हुन सक्छ।  किनभने चियाले दिमागका कोशिकालाई सक्रिय बनाएर हामीलाई शान्त पार्न सक्छ तर जब तपाईले त्यसलाई धेरै पिउनुहुन्छ, यसले दिमागको रसायनमा असंतुलन सिर्जना गर्दछ जसले तनाव निम्त्याउँछ।

जबकि थोरै परिमाणले तपाईंलाई आराम गर्न मद्दत गर्दछ। यदि तपाईं प्रति दिन १५० मिलि भन्दा बढी चिया पिउनुहुन्छ भने तपाइँ चिन्ता बढ्ने जोखिममा हुनुहुन्छ ।

३। पिम्पल्स
दुध चियाकाे साइड इफेक्टहरू मध्ये सबै भन्दा बढी देखिने असर  पिम्पल्स आउनु हो । अत्याधिक दुध चिया पिउदा सम्पूर्ण शरीरमा नै पिम्पल्स देखिन थाल्छ। थोरै परिमाणमा, चिया पिउनाले शरीरलाई डिटोक्सिफाइ गर्न मद्दत गर्दछ, तर अधिक चियाले अत्यधिक तातो उत्पन्न गर्दछ र शरीरको रसायनहरूमा असंतुलन सिर्जना गर्दछ, जसले पिम्पल्स प्रकोपको परिणाम दिन्छ। चियाको अधिक उपभोगले पिम्पल्सबाट सबैभन्दा बढी प्रभावित शरीरका भागहरूमा अनुहार, घाँटी र छाती पर्दछन।

४। कब्जियत
चियामा क्याफिनको साथ साथै अर्को रसायन हुन्छ जसलाई थियोफिलिन भनिन्छ – जुन उत्सर्जन प्रणालीको लागि उत्तम हो र यसले गति प्रवाह सुधार गर्न मद्दत गर्छ । शरीरलाई डिटॉक्सिफाइ गर्न, दिमाग र मांसपेशिलाई शान्त पार्न र रगत प्रवाह सुधार गर्नमा यसको मुख्य भूमिका हुन्छ । जब अत्यधिक चिया पिइन्छ ,थियोफिलाइन शरीरमा बढ्दै जाँदा यसले कब्जियत निम्त्याउन सक्छ किनकि यसले शरीरलाई सुक्खा बनाउँछ र शरीरलाई डिहाइड्रेट गर्दछ।

५। रक्तचापमा असंतुलन
धेरै चिया पिउँदाको सबैभन्दा खतरनाक साइड इफेक्टमध्ये एक यो हो रक्तचापमा असंतुलन । ठिक्क मात्रामा चिया पिउँदा यसले रक्तसञ्चार सुधार गर्न, मुटुको स्वास्थ्य, मस्तिष्क र स्नायु कार्यहरू नियमित कायम राख्न र तपाईंको प्रतिरक्षा प्रणाली सुधार गर्न मद्दत गर्दछ। तर जब चियाको अधिक सेवन गर्नुहुन्छ, यसले मुटुको धड्कन बढाउँछ साथै उच्च रक्तचाप निम्त्याउँछ।  यो तपाईको शरीरको लागि धेरै नराम्रो हुन्छ ।

६। गर्भपात सम्भावना
चियामा शरीरको मांसपेशिलाई आराम दिने , दिमागलाई शान्त पार्ने, रगत प्रवाह बढाउने र शरीरलाई डिटॉक्सिफाइ गर्ने गुणहरू भएकै कारण चिया फ़ाइदाजनक छ,तर गर्भवतीको लागि मांसपेशीलाई धेरै आराम मिल्नाले वा शरीरमा धेरै डिटोक्सिफाइनिंग तत्त्वहरू बढ्नाले अनियमित गर्भपतन हुन सक्छ त्यसैले गर्भवती महिलाहरूलाई चिया सेवन गर्दा एकदम होशियारीका साथ सेवन गर्न आग्रह गर्ने गरिन्छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2714″]

[irp posts=”3415″]

[irp posts=”3558″]

[irp posts=”4224″]

[irp posts=”3875″]

[irp posts=”3930″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button