मनोरञ्जनसमाचार

पशुपतिप्रसाद-२ को छायाकंन फागुन दोस्रो साताबाट, फूलपातीमा प्रसारण हुने

Gobal IME Bank

काठमाडौं । पशुपति प्रसाद-२ ‘भष्मे डन’ निर्माण हुने भएको छ । निर्देशक दिपेन्द्र के खनालले आज पत्रकार सम्मेलनमार्फत ‘पशुपति प्रसाद-२ ‘भष्मे डन’को घोषणा गर्नुभएको हो ।

चलचित्रलाई आगामी असोजको फुलपातीको दिन प्रदर्शनमा ल्याइने पनि बताईएको छ। आगामी फागुन दोस्रो साताबाट चलचित्रको छायाकंन हुनेछ । निर्माता तथा लेखकमा खगेन्द्र लामिछाने आफै रहनुहुनेछ ।

चलचित्रमा विपिन कार्की, शौगात मल्ल, स्वस्तिमा खड्का, रबिन्द्र सिंह बानियाँ लगायतका कलाकारहरुको अभिनय रहने छ ।
पशुपतिप्रसाद निर्माण भएको ७ वर्ष पुगेको छ । पशुपतिप्रसादलाई दर्शकश्रोताले निकै नै मन पराएका थिए।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button