
मानसिक तनावबाट मुक्त रहन अपनाउनुहोस् यी उपाय:
१) ब्यक्तिगत सम्बन्ध
मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । त्यसैले तपाईको जीवनमा भएका साथ दिने सहयोग गर्ने परिवार, आफन्तजन र साथिभाईहरु सँग राम्रो र स्वस्थ किसिमको व्यक्तिगत सम्बन्ध राख्नुस् ।
२) मनोरञ्जनलाई समय दिनुस्
आफ्नो दैनिक कार्यमा तपाइ आफुलाई मन पर्ने कार्य अथवा क्रियाकलाप नाचगान, खेलकुद वा चित्रकला जस्ता कार्यका लागि समय निकाल्नु हाम्रो मानसिक स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । यसले हामीलाई दिनभरीको तनावबाट मुक्त हुनका लागि मद्दत गर्छ ।
३) समूहमा सहभागी
आफ्नो जस्तै रुची भएका ब्यक्तिहरुको समूहमा सहभागी हुने र आफ्ना रुचिका विषयमा कुराकानी,भावना र विचार आदानप्रदान गर्दा मानसिक रुपमा स्वस्थ रहन मद्दत मिल्छ ।
४) सामूदायिक क्रियाकलाप
सामुदायिक क्रियाकलापहरुमा हुदाँ पनि तनावबाट मुक्त हुनका लागि मद्दत मिल्छ । यसरी सामाजिक कार्यमा सहभागी हुँदा समूदायका लागि केही योगदान पनि दिन सकिन्छ । विकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा सहभागी भई आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस् ।
५) आफ्नो हेरचाह
आफ्नो खानपान सरसफाई शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु आवश्यक हुन्छ । यसले तपाईको मानसिक स्वस्थ्यमा लाभ पुर्याउछ ।
६) आफैलाई चुनौती
कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौती दिनुस् । चुनौती पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौती पुरा हुँदा तपाइको आफ्नो स्वयंको विकास भएको अनुभूती हुन्छ र खुसी महसुस हुन्छ ।
७) तनावको सामना
तपाईलाई कस्तो अवस्थामा तनावमा महसुस हुन्छ र तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ । यो आफैले बुझ्न जरुरी हुन्छ । यसका विरुद्द निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ ।
८) पुनर्ताजकी
मानसिक रुपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ । नियमित रुपमा सही समयमा सुत्ने र उठ्ने बानीले तपाईलाई ताजा राख्छ । यसैगरी दिनभरीको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनाबबाट पर रहने, टि भी हेर्ने, गफ गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रुपमा काम सम्पन्न गर्न सकिन्छ ।
९) वर्तमानको महसुस
धेरै जसो मानिसको मस्तिष्कमा या त पहिलेकै समयमा भएको सफलता असफलताका बारेमा कुरा खेलिरहेको हुन्छ । यसो गर्दा कहिलेकाँही तपाइले वर्तमानलाई भुलि रहेको हुन सक्छ । त्यसैले कहिलेकाँहीभूत र भविष्य भूलेर वर्तमानलाई महसुस गरी रमाउन सिकौँ र मानसिक रुपमा स्वस्थ रहन सिकौँ ।-Rabina Mangranti