अन्तर्बार्तामनोरञ्जनसफल कथा

रुप भन्दा खुबीले संसार जित्ने अभिनेता – सफलताको कथा – GoodNews24

Gobal IME Bank

कुनै एउटा निर्देशकको सहायकले सोधे  “को हौ तिमी  ?” उनले भने,  ‘म एउटा अभिनेता हुँ’। खिस्स हाँस्दै  “तिमी कुन एङलबाट अभिनेता देखिन्छौ ?”  अभिनेता वा नायक ६ फिट अग्लो, गोरो, मसल भएको हुनुपर्ने, तर कालो अनुहार, दुब्लो स्वरुप र पाँच फुट हाइटले जिन्दगीको उचाई निर्धारणा गर्नु पर्ने चुनौती संगै  २० वर्षको संघर्षले  एउटा उचाईमा पुर्याउन सफल भएका वयक्ति,  उनी हुन, नवजुद्दिन सिद्दीकी (Nawazuddin Siddiqui ) । अहिले उनको नामले नै एउटा उचाई बोकेको छ । सफलताका पछाडि धेरै संघर्ष हुन्छन, ज्वलन्त उदाहरण नवाज आँफै हुन ।

भारतको  उत्तर प्रदेशमा जन्म लिएका उनी एउटा किसानको छोरा जसले जीवनमा निकै गाह्रो साह्रो सहेर आफ्नो कर्मलाई  बलियो पारे ।

“तपाईँ केही  काम गर्दै हुनुहुन्छ भने त्यसमा सिपालु हुन आवश्यक छ।

उनलाई आफ्नै नातेदारले पनि “म अभिनेता बन्छु” भन्दा ‘पहिले आफ्नो अनुहार त हेर !’ भनेर निरुसाहित पार्थ्थे । पाँच फुट हाइटले जिन्दगीको उचाई निर्धारणा गर्नु पर्ने चुनौती नवाजमा थियो । जिउ ज्यान र अनुहारले लामो समय देखि  जरा गडेको अभिनेता हुन पर्ने गुण उनमा  थिएन तर उनको दिमागमा एउटै कुरा थियो कि उनलाई जसरी भए पनि अभिनेता बन्नु थियो  ।  त्यसको लागि म के गरौ ? भनेर उनी सोची बस्थे । उनी केही भिन्दै गर्न चाहन्थे । केही बेग्लै गर्नको लागि तालिमको आवश्यकता थियो। कलाकार बन्ने क्रममा धेरै ठाउँमा रिजेक्ट भएका  र धेरै हड्डर खाएका  उनले नेशनल स्कुल अफ् ड्रामा (National School Of Drama )मा तीन वर्ष  अभिनयको पढाइ गरे ।
वास्तव मै यो स्वाभावले मानिसलाई प्रभाव पार्न चाहने हो भने उनलाई शिक्षाको एकदमै जरुरी छ। उनी भन्छन, “तपाईँ केही  काम गर्दै हुनुहुन्छ भने त्यसमा सिपालु हुन आवश्यक छ। यसै हचुवाका  भरमा होइन, जस्तै पहिला भन्ने गरिन्थ्यो, तिमी एकदम राम्रो /राम्री छौ चलचित्रमा खेल्न सुरु गर तर यस्तो होइन। कुनै कामका लागि त्यसमा विशेषज्ञ हुनु आवश्यक हुन्छ ।” उनी सोही विशेषज्ञताका लागि उनले तालिम लिए ।
सन २००० सालमा उनी मुम्बई पुगे। उनी मुम्बईमा फ्लिम कै लागि एउटा कार्यालयमा गए तर सधैं जस्तै बाहिरी स्वरुप मात्र हेरियो । हुन पनि हो अहिलेसम्म कोही पनि यस्तो दुब्लो, कालो नायक बनेको छैन।


तिब्र इच्छा र गतीमा मन लगाएर केही गरिएको छ भने दुनियाँ झुक्ने छ । तपाईं जिन्दगीसंग कहिले हार नमानुस एक दिन दुनियाँ तपाईंसंग हार मान्ने छ ।
केही कुराको बलिदान पनि गर्नुपर्छ। जति ठूलो नतिजा हासिल गर्नु छ त्यत्ति नै ठूलो परीक्षा  दिन आवश्यक छ भन्ने उनले सिके। त्यति मात्र नभएर उनले यस्तो पनि जीवनको संघर्षबाट सिकेका छन कि जब हामी आफैले आफैलाई गाह्रो परिस्थिति राख्यौ  भने आफू भित्र भएको जोसले पनि तपाईँले चाहना राख्नुभएको कुरा पाउने छ। साथै उनले  उत्साहजन दिदै यसो पनि भन्छन ‘जीवनमा असफल भएन भने पनि केही सिक्दैनौ। जब धेरै पाइलाहरु असफल हुन्छ तब हामीले सिक्छौ कुन तारिकाले सफल मार्गतिर लिएर जान्छ।”

 

सर्फरोज, ग्याङ्स अफ वांसिपुर, माझी द म्याउन्टेन म्यान, फिर्की अली, रमन रागभ, बादलापुर, किक, बन्दुकवाज,  हरामखोर, बजरंगी भाईजान, मनसुन सुटवाउट, सेक्रेट गेम्स, जस्ता थुप्रै फ्लिमहरुमा यथार्थपरक अभिनय गरिसकेका सफल नवाज अरु भन्दा फरक र पृथक अभिनय र नयाँपन दिने गर्दछन ।
उनी भन्छन कि हजारौं मानिस छन्,  त्यसमाथी धेरै अनुभवले भरिएको  मानिस तर पर्दामा देखाउने भनेको एउटा मात्र तरिका हो नाटक। त्यसैले  मानिसहरू बिच बसेर अनुभव बटुल्न अति आवश्यक छ।”
“आफू जे बन्न चाहन्छौं त्यो आफैले नै गर्नुपर्छ। अनि यदि निराशा आउँछ भने पनि आफैले सम्हाल्नु पर्छ किनकि आफ्नो लक्ष्य आफैले नै नियुक्त गर्ने हो । ”
उनको आमाले यसो भन्दै उनलाई उत्साहित पार्नु हुन्थ्यो “फोहोरको  थुप्रो त १२ वर्षमा  बद्लिन्छ भने तिमी त मानिस हौ । तिम्रा दिन पनि  पनि अवश्य बद्लिनेछ।”
उनी भन्छन, “यसै गरि कुनै एउटा कथा, उखान वा भनाइले तपाईँलाई उत्साह दिन्छ भने त्यस कुरामा भरोसा राख्न अति जरुरी छ किनभने जब निरास हुन्छौ तब त्यही शब्दले उचाल्ने छ । त्यसले नै तपाईँ, हामी, सबैलाई बालियो बनाउँछ।
सफलताको  कुनै मिती गते तारिक हुँदैन। हरेक क्षेत्रमा सफलता हुन्छ। हामीलाई चाहिने भनेको जुनसुकै काम चाहे सानो होस् वा ठूलो तर त्यो  भित्री जोसले भरेर गर्नु पर्छ अनि बल्ल काम सफल हुन्छ।
हामी भाग्यका कुरा गर्ने गर्छौ तर यसो होइन तर उचाईको बाटोमा मेहनत गर्नु पर्छ । सबै भाग्यमा छ भने पाईन्छ भनेर यसै उसै बस्नु हुन्न। नत्रता मेहनत बिनाको सफलताको कुनै अर्थ हुँदैन। त्यही भएर तालिम  लिनुपर्छ। आफ्नो कोठामा बसेर अब हुन्छ होला भनेर कुरेर केही काम बन्दैन।”
उनी यसो पनि भन्छन, “नयाँ-नयाँ प्रगति गर्न मन छ भने धेरै मानिसहरूको बिच बस्नुपर्छ अनि उनीहरूको स्वभावलाई नियाल्नुपर्छ। सफल  मानिस र सफलताको उपासना नभएको व्यक्ति बिच भिन्नता आफै छुटाउन सकिन्छ।”

नवजुद्दिन सिद्दीकी यसो भन्दै अझै उत्साहित पार्नु हुन्छ कि केही नगर्नु भन्दा पनि केही बेग्लै गर्छु भन्ने भावना हुनु पर्छ। चाहे तपाईँसँग कुनै उपाय नभएको होस् तर आफू भित्र एउटा आत्माविश्वास र  जोस भएमा सफल हुन धेरै टाढा जानुपर्ने छैन।
उनका अनुसार जुनै पनि काम गर्दा हतारमा गर्नुहुँदैन तर त्यसलाई समय दिएर मेहनत गर्यो भने तपाईँलाई सुरुमा निरुत्‍साहित पार्ने नातेदारले पनि पछि प्रशंसा गर्ने छन ।
२१ शताब्दीमा इंडियान चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लगेर विजय हासिल गर्नुभएका अभिनेता नवजुद्दिन सिद्दीकीले अझै भन्छन, “काम पाउनु सजिलो छ तर आफैले उत्पन्न गराउनु निकै गारो ।


उनको जीवनबाट उत्साह दिदै भन्नुहुन्छ, तपाईं कस्तो मानिस को बीचमा बसिराख्नु भएको छ? तपाईँ यस्तो मानिस बीचमा रहनुहोस जो सकारात्मक सोच्छ। यस्तै गरि सफल हुनु भन्दा कसरी सफल भयो भन्ने कुरा मनमा इमानदार साथ लिएर अगाडि बढ्यो भने एकदिन सिद्धि प्राप्त हुन्छ। यही आवश्यक छ कि हामीले दिमाग खियाउनु पर्छ अनि धेरै कुराहरूको सतर्कता पूर्ण हेर्यो भने सबै कुरा जस्तै उपाय, हल, मन्च, तपाईँको अगाडि नै हुन्छ।
सपना, परिवर्तन, उत्साह यो तीन कुरा जीवनमा भयो भने सबै क्षेत्रमा हामी सफल हुन सक्छौ ।
उनी कोट पनि लगाउन नजान्ने कलाकार हुँदा हुँदै पनि आफ्नो उचाई भन्दा धेरै माथिको स्तरको सफलता हात परेका छन । रिलमा देखावटी अभिनय होइन रिलमा रियल अभिनय  र  लाइफमा रियल संघर्ष अनि मात्र रियल सफलता प्राप्ती  हुनेछ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”6152″]

[irp posts=”6192″]

[irp posts=”6588″] [irp posts=”6763″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button