शिक्षा स्वास्थसमाचार

पढाइ सकाएर जागिर खान मन छ तर जागिर कसरी खोज्ने ?

Job procedure!

Gobal IME Bank
जागिरको खोजीमा रहेका इच्छुकको मनमा उठ्ने प्रश्न हुन् । उमेर वा अनुभवलाई ध्यान नदिई जागिर खोज्न बजारमा निस्कँदा कठिनाइ हुने गर्छ । तर सोचविचार गरेर जागिर खोजियो भने जागिर पाउने मात्र होइन, जागिरले नै क्षमता अभिवृद्धि गर्न मद्दत गर्नुका साथै जीवनस्तर फरक बनाउँछ ।

जागिर खोज्नका लागि सबैभन्दा पहिला आफ्नो रुचि केमा छ भन्ने कुरन थाहा पाउनु जरुरी हुन्छ । रुचि भएको काम गर्दा उत्साह त दिन्छ नै यससँगै काम गर्ने ऊर्जा पनि ल्याउँछ । यसले पाएको काममा रमाउन मद्दत गर्छ । काममा रमाउन सकियो भने अफिसमा गरेको काममा प्रेसर अनुभव हुदैन ।

रुचिअनुसारको काम गर्न पाउँदा पट्यार लाग्दैन । तर रुचि छैन भने काम पट्यारलाग्दो लाग्छ। रुचिबिनाको काममा बोझ महसुस भएर प्रगति हुन पनि कठिन हुन सक्छ । क्षमता अनुसारको  जागिर नहुँदा यसले तनाव सिर्जना गर्छ । जसकारण जागिर खानको लागि पहिला आफ्नो रुचि केमा छ त्यसको पहिचान गर्नुपर्छ ।

जागिर खानुअघि आफूसँग भएका सीप र दक्षतालाई पनि निखार्न आवश्यक हुन्छ । जागिर खाने सोच बनाउँदा आफ्नो रुचि र इच्छा त्यससँगैको क्षेत्र कस्तो हुन सक्छ भनेर बुझि राख्न जरुरी हुन्छ । इन्टरनेट र सामाजिक सञ्जालबाट आफूले खोजेका हरेक प्रश्नको उत्तर पाउन सकिन्छ ।

कार्यालय तथा उद्योगमा चाहिने भनेको प्राविधिक, व्यवस्थापन,  प्रशासन, स्वास्थ्य, सञ्चार, बैंक, ट्राभल एण्ड टुरिजम जस्ता विधामा जनशक्ति चाहिन्छ । काम सानो होस् वा ठूलो यसको लागि सबैभन्दा पहिले आधारभूत ज्ञान चाहिन्छ । जसमा भाषाको ज्ञान, कम्प्युटर सम्बन्धी सामान्य ज्ञान, बोल्ने कला, प्राविधिक ज्ञान जस्ता सीपमूलक ज्ञानहरु पर्छन् । यस्ता कुराहरु युट्युबलगायत सामाजिक सञ्जालबाट लिन सकिन्छ ।

साथै कुनै संस्थाबाट आफ्नो करिअरलाई सपोर्ट गर्ने किसिमको तालिम लिन सकिन्छ ।  जहाँ कुन कामको लागि के कस्ता आधारभूत ज्ञान चाहिन्छ भन्ने कुरा सिकाइन्छ । यति मात्र होइन काम गर्दा सकारात्मक सोच र व्यवहार प्रदर्शन गर्नु, जिम्मेवार बन्नु, अनुकूलित बन्नु, सुरक्षित रूपले काम गर्नु, समूहमा काम गर्ने जस्ता व्यक्तित्व सीप पनि आवश्यक  हुन्छ । यी सीप हामी सामान्य जीवनमा भरहने व्यवहार तर कार्यालयमा चाहिने आधारभूत पक्ष हुन् ।

जागिर खोज्न नजान्दा झमेला वा झन्झट लाग्न सक्छ । तर थोरै मात्र तरिका मिल्यो भने जागिर खोज्न त्यति कठिन हुँदैन । तीन तरिकाबाट जागिर खोज्न सकिन्छ ।

आफूलाई इच्छा लागेको क्षेत्रमा जागिर खान सबैभन्दा राम्रो स्रोत साथीभाइ हो । आफन्त वा साथीभाइ कुनै न कुनै क्षेत्रमा आबद्ध छन् भने उनीहरुलाई रुचि र दक्षताबारे जानकारी दिएर सुहाउने र कर्मचारी चाहिने ठाउँबारे जानकारी दिन अनुरोध गर्ने ।

कार्यालय तथा उद्योगहरुको वेबसाइटमा करिअर भन्ने क्याटोगोरी राखिएको हुन्छ । जसबाट इच्छा लागेको कार्यालयमा कर्मचारी मागे नमागेको थाहा पाउन सकिन्छ । यस्ता कम्पनीको वेबसाइट हेरिरहनुपर्छ । ताकि सुहाउने किसिमको र पर्खिरहेको योग्य काम भए एप्लाई गर्न सकिन्छ ।

हाल रोजगार खोजिदिने संस्थाहरु थुप्रै छन् । जस्तै, मेरो जब डटकम, कान्तिपुर जब लगायातका संस्थाले कम्पनी र रोगगार चाहनेबीच एउटा पुल जसरी काम गरिरहेका छन् । यहाँ फारम भरेर चाहेको रोजगारका लागि एप्लाई गर्न सकिन्छ ।

आजभोलि कम्पनीले आफनो सामाजिक सञ्जाल अकाउन्ट इन्स्टाग्राम, फेसबुकलगायतबाट कर्मचारी माग गरेको सूचना दिइरहेका छन् । सम्पूर्ण कागजात राम्रो छन् भने त्यस्ता विज्ञापनको पोस्टमा दिएको सूचना अनुरुप खोजेको जस्ता जागिर खान सकिन्छ ।

बायोडाटामा प्रस्तुत गरिएको योग्यता र सीपले पनि कम्पनीलाई प्रभाव पार्छ । त्यसैले, बायोडाटामा आफूले जानेको सीपहरु स्पष्ट रुपमा हाइलाइट गर्न आवश्यक हुन्छ । बायोडाटा प्रभावकारी भएमा कम्पनीहरुले अन्तर्वार्ताको लागि सम्पर्क गर्न सक्छन् । बायोडाटामा कार्यालयका लागि योग्य हुने खालका वास्तविक सूचना सूचीबद्ध रुपले छोटो र मीठो बनाउनुपर्छ । ताकि कम्पनीले हेर्दा वास्तवमै राम्रो काम गर्न सक्छ भन्ने लागोस्।

अन्तर्वार्तामा कसरी प्रस्तुत हुने ?

कुनै पनि अन्तर्वार्तामा जानुअघि पहिला त्यसको अभ्यास गर्नुपर्छ । कस्तो प्रश्न सोध्दा कसरी जवाफ दिने, आफ्नो परिचय कसरी दिने, दोहोरो संवादका क्रममा कस्ता प्रकारका शब्दहरु प्रयोग गर्ने भनेर पूर्वतयारी गर्नु उचित हुन्छ ।

जागिरका लागि अन्तरवार्तामा जाँदा कम्पनीको बारेमा वा कुन कामको लागि बोलाएको हो, त्यसबारे थोरै भए पनि अध्ययन गरी जानकार भएर जानुपर्छ । यसले अन्तर्वार्तामा सोधिने प्रश्नमा अलमल पार्दैन । आफ्नो कुरा स्पष्ट रुपमा राख्न सक्नुपर्छ । अन्तर्वार्ता दिन जाँदा सही समयमा फर्मल ड्रेसिङ स्टाइल अपनाएर जाँदा राम्रो प्रभाव पर्छ ।

विभिन्न कम्पनीहरुले दिनहुँजसो कर्मचारी माग गरिरहेका हुन्छन् । यता, जागिर चाहियो भन्ने पनि उत्तिकै हुन्छन्  । तर दक्ष र सीप भएको काम जानेका कर्मचारीको संख्या कम हुन्छन् । यस्तोमा बजारमा आउनुभन्दा अघि आफ्नो सीपलाई निखार्दै लगेमा अवसरहरु प्रसस्त मात्रामा पाइन्छ । यद्यपि, जागिर पाएपछि पनि त्यसमै मन लगाएर गरेर त्यसमै पोख्त बन्न सकियो भने भविष्यका दिनमा धेरै कम्पनीले आफैं जागिरको अफर दिन सक्छन् । काम गर्न खोज्ने तर छिटो माथि उक्लिन खोज्ने वा कामलाई सानो र ठूलो सोच्ने प्रवृत्तिले पनि धेरैजसो मानिसहरु बेरोजगार भई रहेका छन् । -RABINA MANGRANTI

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button