समाचार

जाजरकोट–डोल्पा सडकमा पाँच बेलिब्रिज बन्दै

Gobal IME Bank

डोल्पा । जाजरकोट–डोल्पा सडकखण्डमा पाँचवटा बेलिब्रिज पुल बन्ने भएका छन् । यस सडकखण्डअन्तर्गत पर्ने ठूलोभेरी नदीमा दुई र अन्य साना खोलाहरुमा तीन गरेर पाँचवटा बेलिब्रिज बन्ने भएका हुन् ।

पाँचैवटा बेलिब्रिज पुलको निर्माण आगामी असोजभित्रै निर्माण गर्ने सडक विभागले जनाएको छ । पाँचवटा बेलिब्रिज पुलमध्ये चारवटा त्रिपुरासुन्दरी नगरपालिका र एउटा ठूलीभेरी नगरपालिकामा बन्ने भएका छन् । गत मङ्सिरमा मात्रै प्रारम्भिक सर्वे सम्पन्न भएर पनि पाँचवटै पुलको अन्तिम सर्वे सम्पन्न भइसकेकाले पुल निर्माण प्रक्रिया शुरु भइसकेको सडक विभागले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करोपगाड खोला, खदाङ्गको हरियापानीस्थित ठूलीभेरी नदी, त्रिपुराकोटको छलगाड खोला, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज बनाइने छ । सडक विभागका इन्जिनीयर रोशन केजुवाल र बिएनबी कन्सल्टेन्सीका प्रतिनिधि सौरभ शाहको टोली बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गरी फर्किएको छ ।

उक्त टोलीले जाजरकोटदेखि डोल्पाको रुपगाडसम्म निर्माण गर्नुपर्ने बेलिब्रिज पुलको अन्तिम डिजाइन सम्पन्न गरेर काठमाडाँै फर्किएको हो । बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गर्ने कार्य सम्पन्न भइसकेकाले काठमाडौँमा पुगेर सबै प्राविधिक कार्य एक महिनाभित्र सम्पन्न गर्ने बताइएको छ ।

प्राविधिक कार्य सम्पन्न भएलगत्तै बिएनबी कन्सल्टेन्सीमार्फत सडक विभागले बेलिब्रिज निर्माण गर्ने र कम्पनीलाई पाँचवटा पुल बनाउन झण्डै पाँच महिना लाग्ने सडक विभागका इन्जिनीयर रोशन इन्जिनीयर केजुवालले बताउनुभयो । करबगाड खोलादेखि रुपगाड खोलासम्म पाँचवटै बेलिब्रिज निर्माण भई जडान भएपछि रुकुम पश्चिम जिल्लामा पर्ने छरेबगरदेखि डोल्पा सदरमुकाम दुनैसम्म सिधा यातायात सेवा सञ्चालन हुनेछ । पाँचवटै बेलिब्रिजहरु २०७७ असोजसम्ममा जडान भई सञ्चालनमा आउने सडक विभागले जानकारी दिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button