समाचार

ठमेलको गञ्जागोल तार हटाइयो

Gobal IME Bank

७ पुस काठमाडौँ। पर्यटकको लागि ठमेल निकै नै चर्चित छ । पर्यटन व्यवसायीहरूका अनुसार, नेपालमा आउने कुल पर्यटक मध्ये ९० प्रतिशत पर्यटक कुनै न कुनै कामले ठमेल घुम्न आउने गर्छन् । केहि समय यता बाट पर्यटकीय नगरी ठमेलमा अब्यबस्थित रुपमा टाङ्गिएको तारले कुरुप बनाएको कारण यहि भ्रमण वर्ष–२०२० लाई लक्षित गरी यस क्षेत्रमा सरसफाई तथा सुधार अभियान सञ्चालन गरिएको छ ।
सरसफाईको पहिलो चरण अन्तर्गत अस्वभाविक होर्डिङ बोर्ड हटाइ , विभिन्न केवल, इन्टरनेट र टेलिफोनका तार हटाउनका साथै बिग्रिएको ढल तथा सडक मर्मत कार्यको थालानी भएको छ। ठमेलको मुहार मानिने ठमेलचोक र नरसिंहचोकस्थित विद्युतीय पोलमा गुजमुज्ज परेका तारहरू पूर्णरुपमा हटाइएको छ । सो कुराको जानकारी ठमेल पर्यटक विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले गराउनुभयो । त्यस्तैं ज्याठा क्षेत्र, त्यसपछि थहिटी–नरसिंहचोकक्षेत्र, अमृत साइन्स कलेज मार्ग, भगवतीवहाल लगायतका सडकमा विजुली पोलमा गुजमुज्ज परेका तारजाली हटाउने कार्य एक हप्ता भित्र सकिने उहाँले बताउनुभयो ।

पर्यटन विकास परिषद्ले काठमाडौँ महानगरपालिका वडा नम्वर २६ र १६ संगको सहकार्यमा उक्त अभियान मार्फत भित्री सडकहरूमा भएका खाल्डा खुल्टी कालोपत्रे गर्नका साथै ढल सफाई, होर्डिङ बोर्ड व्यवस्थापनको कार्य गरिरहेको छ । पर्यटक नेपाल भित्रीए पछि पहिलो रोजाइ ठमेल पर्ने भएकाले यस भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटक आकर्षित गर्न ठमेल सरसफाई अभियान सञ्चालन गरिएको हो ।

महानगरपालिकाले केवल, इन्टरनेट र टेलिफोन सेवा प्रदायक कम्पनीहरूलाई नयाँ तार राख्न निर्देशन दिइसकेको छ । विजुलीको लत्रिएको तार तन्काउने र मिलाउनेदेखि विभिन्न केवल, इन्टरनेट र टेलिफोनका तार हटाउने क्रममा ठमेल क्षेत्रको इन्टरनेट र टेलिफोन सेवा हाल अवरुध्द भएको छ । अध्यक्ष राणाले भन्नुभयो–क्रिसमस डे को दिनसम्म ठमेलको स्वरुपमा नयाँ परिवर्तन ल्याउन सकिन्छ कि भन्ने अपेक्षा गरेको छौं ।

अध्यक्ष राणाका अतिरिक्त वरिष्ठ उपाध्यक्ष राजुमान डंगोल, युवा पर्यटन व्यवसायी दावाङ तामाङ लगायतका पदाधिकारीहरू स्वयम् ठमेलको सरसफाई कार्यमा खटिनु भएको छ । ‘सुरक्षित ठमेल, व्यवस्थित ठमेल, सफा र राम्रो ठमेल’ नारा सहित यो अभियान सञ्चालन गरिएको हो । सो अभियानले सडक फुटपाथमा थुक्न, चुरोट खाएर फाल्न, फोहोर हुन नदिन आवश्यक ‘डस्वीन’ राख्ने र सडक किनारा हरियाली बनाउन गमला राख्ने तयारी गरेको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button