अन्यसमाचार

लाटोकोसेरोका बारेमा रोचक तथ्यहरु

Gobal IME Bank

एजेन्सी । लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनभरी एकैठाउँमा बसिरहन्छन् र राती मात्र शिकारमा निस्कन्छ। लाटोकोसेरोलाई संस्कृत भाषा उलूक, धूक, दिवान्ध इत्यादि भनिन्छ।

लाटोकोसेरोको आँखा खप्परमा टाँसिएका र स्थिर हुन्छन् र तेजिला समेत हुन्छन् । यिनीहरूको घाँटी लचिलो हुने भएकोले यताउती हेर्नुपर्दा यिनीहरू घाँटी नै घुमाएर व्यापकतासाथ हेर्ने गर्दछन् । दिनमा आँखा नदेखे पनि यो चराले रातमा चाहिँ जस्तोसुकै अँध्यारोमा पनि आँखा देख्दछ । यसको श्रवण शक्ति पनि दिनमा भन्दा रातमा बढी हुन्छ । त्यसैले यस जातका चराहरू रातमा सिकार गर्न ज्यादै चलाख र सिपालु हुन्छन्। अतः यिनीहरू आफ्नो आहारा राती राती यताउता डुली जुटाउँछन् । मांसाहारी भएकोले यिनको आहारा चरागुरुङ्गीका सा९साना बचेरा, किरा फट्याङ्ग्रा,मुसा तथा पशुमांस समेत हो । उडाइमा यी बेगवान् मानिन्छन् । लाटोकोसेरोको प्वाँख नरम, मुलायम र मिहिन किसिमको हुन्छ।

लाटोकोसेरोका बारेमा धेरै रोचक तथ्यहरु

– विश्वमा दुई सयभन्दा बढी प्रजातिका उल्लुहरू पाइन्छन् ।
– यो एक मात्र पन्छी हो जसले नीलो रंग देख्न सक्छ ।
– लाटोकोसेरो दिउँसो देख्न सक्दैन। यसले राति मात्रै प्रस्टसँग देख्न सक्छ ।
– यसले आफ्नो गर्धन २७० डिग्रिसम्म घुमाउन सक्छ ।
– लाटोकोसेरोले एक वर्षमा १ हजाभन्दा बढी मुसा खान्छ ।
– यसले कुनै पनि वस्तुको थ्रीडी इमेज देख्न सक्छ । कुनै पनि वस्तुको लम्बाइ, उचाइ चौडाइ यसले छुट्याएर हेर्न सक्छ ।
– यसको आँखा यताउती हल्लिँदैन। त्यसको सट्टा यसले टाउको नै घुमाएर हेर्छ ।
– उल्लुको आँखा उसको वजनको लगभग ५ प्रतिशत जत्रै हुन्छ अथवा धेरै ठूलो हुन्छ ।
– पृथ्वीमा ६ करोड वर्ष पुरानो लाटोकोसेरोको जिवाश्म भेटिएको छ ।
– यो अन्टार्कटिका बाहेक संसारका सबै ठाउँमा पाइन्छ ।
– लाटोकोसेरोलाई बुद्धि र समृद्धिको प्रतीक मानिन्छ ।
– हिन्दू धर्मअनुसार यो धनकी देवी लक्ष्मीको वाहन हो ।
– यसको कान संवेदनशील हुन्छ जसको सहायताले यसले शिकार पत्ता लगाउँछ ।
– लाटोकोसेरोको आयु लगभग २० देखि २५ वर्षको हुन्छ ।
– यसको पँखेटा चौडा हुन्छ त्यसैले यो उड्दा खासै आवाज आउँदैन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button