मुख्य समाचारशिक्षा स्वास्थसमाचार

मासिकश्रावको समयमा महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु…

Gobal IME Bank

एजेन्सी । किशोरी अवस्थामा शारीरिक परिवर्तनसँगै मासिकश्राव अर्थात महिनावारी पनि सुरु हुन्छ। यो प्रक्रिया केही किशोरीमा ९, १० वर्षकै उमेरमा सुरु हुन्छ भने कसैको मासिकश्राव १३, १४ वर्षको उमेर देखि सुरु हुन थाल्छ।

मासिक श्राव हुने वेला अधिकांशको उमेर परिपक्व नभइसक्ने हुनाले यस्तो बेलामा समस्या आउँछ। धेरैजसो किशोरी पहिलो पटक महिनावारी भएको बेला आत्तिन्छन्। त्यसैले घरका परिवार आमा, दिदी र भाउजुले मासिकश्रावका बारेमा किशोरीहरुलाई राम्रो ज्ञान दिनुपर्छ।

के हो मासिकश्राव ?

मासिकश्राव एक शारीरिक प्रक्रिया हो जुन उमेर पुगेपछि हरेक महिलामा हुने गर्छ। सामान्यतया मासिकश्राव २८ दिनको चक्रमा हुन्छ। दुईतीन दिन अघि वा दुईतीन दिन पछि पनि हुन सक्छ।

मासिकश्रावको बेला यौनाङ्गबाट रगत बग्छ। रक्तश्राव तीनदेखि पाँच दिनसम्म भई रहन्छ। दोस्रो वा तेस्रो दिन बढी रगत प्रवाह हुन्छ। यो समयमा कतिपय महिलालाई पेट तथा कम्मर दुख्ने समस्या पनि आउँछ त्यसैले महिनावारी भएको बेला उनीहरुलाई बढी आरामको आवश्यकता हुन्छ ।

ध्यान दिनुस यी कुरामा

यो वेला यौनाङ्गको सफाइमा सचेत हुनुपर्छ। मासिकश्रावको वेला यौनाङ्गमा संक्रमणको जोखिम हुने भएकाले पनि सामन्य दिनमा भन्दा बढी यस समयमा सरसफाईमा ध्यान दिनु पर्छ ।

मासिकश्राव सुरु भए पछि स्यानिटरी प्याड प्रयोग गर्नु पर्छ वा अहिले बजारमा पाइने ट्याम्पन , वा मिन्सटुरेसन कपको प्रयोग गर्नु पर्छ। स्यानिटरी प्याड बढीमा ४ देखि ६ घण्टामा फेर्नुपर्छ। ट्याम्पोनको प्रयोग ४ देखि ८ घण्टा सम्म मात्र गर्नु पर्छ, भने मिन्सटुरेसन कप १२ घण्टासम्म प्रयोग गरे पछि फेर्नु पर्छ । लामो समयसम्म एउटै प्याड प्रयोग गर्दा त्यसमा ब्याक्टेरिया फैलिने सम्भावना हुन्छ। कति मात्रामा रक्तश्राव हुन्छ त्यस अनुसार पनि छिटो प्याड फेर्न सकिन्छ ।

मासिक श्रावको बेला शरीरमा आइरनको कमी हुन्छ त्यसैले आइरनयुक्त खानेकुरा धेरै खानुपर्छ। यससँगै सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ। मासिक श्रावको बेला यौनाङ्गमा पाउडर, क्रिमजस्ता वस्तुको प्रयोग गर्नु हुँदैन।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button