शिक्षा स्वास्थसमाचार

कस्ता व्यक्तिलाई पाइल्स हुन्छ ? लक्षण र उपचार

Gobal IME Bank

एजेन्सी । हाम्रो शरीरमा हेमोरोइड भनिने रक्तनली हुन्छ । यसले दिसाघरबाट मुटुसम्म रगत पुर्याउने काम गर्छ। दिसाघरमा समस्या आएर दिसा गर्ने बेला धेरै दबाब दिन थाले पछि रगत मुटुसम्म जाँदैन र दिसाघरमा नै रगत जम्छ र त्यसपछि पाइल्सको समस्या देखिन्छ। दिसाघरमा केही समस्या आए यसलाई पाइल्सको समस्या भनिन्छ । यो रोगमा रक्सीले सबैभन्दा बढी असर गर्छ।

कुन चरणको पाइल्समा के हुन्छ ?

पाइल्सको चारवटा चरण हुन्छ। पहिलो चरणको पाइल्स सामान्य हुन्छ जुन प्रायः सबैमा हुन्छ। दोस्रो चरणको पाइल्समा दिसाबाट रगत आउँछ । प्रायमा रगत दिसा सँग र पछि आउँछ भन्ने भ्रम हुन्छ तर त्यसो नभएर पाइल्स भएपछि रगत दिसा भन्दा अगाडि आउँछ। पाइल्स भएका मानिसमा शौचालयको ‘प्यान’ भरिनेगरी रगत आउँछ जस्लाई ‘प्यान फ्ल्स ब्लिडिङ’ भनिन्छ।

तेस्रो चरणको पाइल्समा दिसा गर्दा सँगसँगै मासुको चोक्टा पनि बाहिर आउने गर्छ । चौथो चरणको पाइल्समा भित्र थुप्रिएको मासु बाहिर आएर छालामाथि बस्ने गर्छ।

कस्ता व्यक्तिलाई पाइल्स हुन्छ ?

खानपिनमा ध्यान नदिने, घरबाहिरको खाना बढी खाने, फाइबर नभएको खाना बढी खाने, गह्रौँ काम गर्ने, एउटै ठाउँमा धेरै समय बस्ने, मोटरसाइकलमा धेरै हिँड्ने, प्रायः लामो यात्रा धेरै गर्ने जस्ता व्यक्तिलाई पाइल्सको जोखिम बढी हुन्छ।

फाइबरले दिसालाई साह्रो हुन दिँदैन। माछा, मासु नखाए कमजोरी हुन्छ भन्ने भ्रम समेत मान्छेमा हुन्छ। माछा, मासु बढी खानु पनि पाइल्स हुनुको मुख्य कारक हो। यो रोगमा रक्सीले सबैभन्दा बढी असर गर्छ।

पाइल्सको लक्षण

दिसा साह्रो हुनु, कब्जियत हुनु, दिसा भन्दा पहिला रगत आउनु, रगत आएर पनि उपचार नगराए मासुको थुप्रो बाहिर आउनु र दिसा आउँदा दुख्ने जस्ता कारणहरु पाइल्सको लक्षण हुन्।

उपचार
शुरुमा पाइल्स कुन चरणमा छ भनेर जाँच गरिन्छ। सुरुमा दिसालाई खुकुलो बनाउने किसिमको औषधि दिइन्छ जसले गर्दा पाइल्सको समस्या केही मात्रामा घट्छ। तेस्रो चरणको पाइल्स सम्म खानपिन मिलाएर र औषधिले नै रोग निको पारिन्छ। चौथो चरणको पाइल्सलाई निको पार्न शल्यक्रिया गरिन्छ जसलाई ‘लाइगेसन’ भनिन्छ।

के खाने ?

पाइल्स भएको बिरामीले फाइबरयुक्त खाना जस्तै गाँजर, मुला, मेवा, सागसब्जी बढी खानुपर्छ। पानी प्रशस्त मात्रामा पिउनु पर्छ, स्याउ दिउँसो खाँदा हुन्छ भने राती उसिनेर मात्रै खान हुन्छ। सुत्ने बेला मनतातो दूध पिएर सुत्दा बिहान दिसा गर्न सजिलो हुन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button