समाचार

ICU कक्षबाट प्रधानमन्त्रीको भिडियो सन्देश ‘म स्वस्थ हुँदैछु’

Gobal IME Bank

pm-oli१६ मंसिर, काठमाडाैं ।  हाल प्रधानमन्त्रि के पी शर्मा ओली स्वास्थ्य स्थिति बिग्रिएका कारण मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षमा उपचारको क्रममा हुनहुन्छ । अस्पतालबाट नै उहाँले सम्पूर्ण देशबासी तथा शुभ चिन्तकलाई भिडियो संदेश दिनु भएको छ । भिडियो संदेश मार्फत प्रधानमन्त्रीले आफुलाई एपेण्डीसाइटिस भएको र उपचारमा हप्ता दश दिन लाग्न सक्ने जानकारी दिनु भयो साथै मेरो स्वास्थ्य राम्ररी सुधार बहेको र एउटा मेजर परेशनपछि पनि उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अनि समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको जानकारी गराउनु भएको छ । साग हुदैन कि भन्ने चिन्ता थियो यो चिन्ता खत्तम भयो साग उद्घाटन गरेकोमा रास्ट्रपति र सहभागी सबैलाई धन्यवाद समेत ज्ञापन गर्नुभएकाे छ ।

प्रधानमन्त्रीले दिनु भएको मेसेजमा –

‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

भिडियो हर्नुहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button