विचारसमाचार

अब के हुन्छ प्रचण्डको राजनीति ? -GoodNews24

Gobal IME Bank

काठमाडौं  । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गत कात्तिक २८ गते प्रस्तावका रूपमा १९ पृष्ठको दस्ताबेज प्रस्तुत गरे । जसमा प्रधानमन्त्री ओलीका बिरुद्धमा खनिएको भन्दै प्रधानमन्त्री ओलीले जवाफी प्रतिवाद गर्दै शनिबार सचिवालय बैठकमा ३८ पृष्ठ लामो दस्ताबेज प्रस्तुत गरेका छन ।
यस पश्चात अध्यक्ष द्वय वार कि पार अवस्थामा पुगेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले दहाललाई पार्टी एकता हुनुभन्दा अघिका विषयवस्तु  स्मरण गराउँदै दाहालले यसबीचमा निर्वाह गरेको भूमिका र उनको कार्यशैलीमाथि टिप्पणी गरेका छन् । कतिपय प्रश्नको जवाफ दिँदै र  दाहालमाथि  आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सोधेका छन्, ‘पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरूको ?’
प्रधानमन्त्री ओलीले बारम्बार धोका भएको, पार्टी र जनातामुखी नभएको, फुट ल्याउन खोजेको, शान्तिप्रकियामा आँफै बाधक भएको, खोक्रो राष्ट्रबाद भन्दै जवाफी आरोप लगाएका छन ।
यसै बिच पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बिभाजनको नाइके भएर खडा भएको साथै अहंकार र दम्भ अझै कायम रहेको बताउनु भयो ।

ओलीले दाहालको प्रस्तावमाथि जवाफी प्रस्ताव पेस गरेपछि अब यी दुवै प्रस्तावबारे आउँदो सचिवालय बैठकमा नेताहरूबीच छलफल हुनेछ ।  तर

प्रश्न, अब के हुन्छ त प्रचण्डको राजनैतिक भबिश्य ?

राजनैतिक परिवर्तन संगै देशलाई छुटै आकार दिन नेत्रित्वदायी भूमिकामा देखिएका प्रचण्ड नेपालका नेन्सन मण्डेला बन्न सक्ने सामर्थ्यका थिए । तर यति बेला सम्म उनी आँफै भित्र टुक्रिसकेका छन । उनको राजनैतिकभबिश्य पनि क्रमिक रुपमा धमिलो भईसकेको छ । आँफै र आफ्नालाई केन्दिक्रित गराइराख्न चुकेका उनीलाई अहिले नेकपा फलामको चिउरा सरह भएको छ । नेत्रित्वदायी नायक हुनुपर्ने उनी अहिले कठपुतली सरह नाचिरकेका छन । आफ्नै अस्तित्व धरापमा पर्न सक्ने अवस्था आइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको दस्ताबेज चुनौती बनेको छ ।
कुनै समय परिवर्तनका लागि सबैलाई एक गराउन सक्ने प्रचण्ड आज आफ्नै समूहका नेताहरूबाट पनि अपेक्षाकृत र साथ नपाएको अवस्थामा छन् । राजनीतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्नु त कता हो कता, उनी प्राप्त उपलब्धि गुमाउदै छन । त्यसो त उनका गल्तीहरुले नै देशमा अस्थिरता ल्याएका हुन भनी जनतालाई अड्कल लगाउन गाह्रो पर्दैन । तर यति बेलाको उनको चुनौती , राजनैतिक भबिश्य नेकपा सचिवालयको १६ गतेको बैठकले निर्णय गर्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button