मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्भावस्थाको समयमा मेथीको फाइदाहरु…

Gobal IME Bank

एजेन्सी । गर्भावस्था विवाहित जोडीहरुको लागि निकै महत्वपुर्ण समय हो । जन्मिन लागेको शिशुको स्वास्थ्य राम्रो अवस्थामा राख्नको लागी आमाबुवाले सावधानी अपनाई रहेका हुन्छन् । यतिबेला गर्भवती महिलाले मेथी सेवन गर्न हुन्छ वा हुँदैन भन्ने कुराको कारण उनीहरुमा चिन्ता भईरहेको हुन्छ । गर्भावस्थामा मेथीको साग वा बियाँको सेवन गर्दा विभिन्न फाइदाहरु निकै पपुलर छन् ।

१. गर्भकालीन मधुमेह
मेथीको सेवन मात्रा मिलाएर गर्दा मधुमेह घटाउन मद्दत गर्छ । गर्भावस्थाको समयमा प्राय महिलाहरुमा गर्भकालीन मधुमेहको विकास हुने गर्छ र यो बच्चा जन्माई सकेपछि पनि निरन्तर भई राख्न सक्छ । मघुमेहको रोगीहरुले मेथीको सेवन गर्ने गर्छन किनभने मेथिले हाम्रो शरीरमा सुगर लेबललाई सन्तुलित गर्ने काम गर्छ तर गर्भावस्थाको समयमा भने चिकित्सकको सल्लाह अनुसार मात्र मेथीको सेवन गर्नु लाभदायी हुन्छ ।
हप्तामा एक चिया चम्चा मेथिको बियाँ वा एक मुठ्ठी मात्र मेथीको साग तिन पटक मात्र सेवन गर्दा फाइदाजनक हुन्छ ।

२. प्रसव पिडा सहजताको लागि
पुस्तौँदेखि मेथीको प्रयोग बच्चालाई जन्म दिने समयमा हुने प्रसव पिडा कम गर्न, चाइल्ड बर्थ सहज रुपमा बनाउन र प्रो लङ्ड लेबरलाई पनि कम गर्न मद्दत गर्नको लागी सेवन गर्ने चलन रहँदै आएको छ ।

३. स्तनपानको लागी फाइदाजनक
विभिन्न रिसर्च द्वारा पत्ता लागेको छ कि मेथीको सेवन गर्दा ल्याकटेसनमा वृदि हुने गर्छ जसले गर्दा बच्चाले प्रसस्त मात्रामा आमाको दुध पाँउछ । गर्भावस्थामा मेथी सेवन गर्ने महिलाहरुमा दुधको उत्पादन बढ्ने विभिन्न स्टडीहरुबाट पत्ता लागेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button